Deneme Bonusu Veren Siteler
शुक्रबार, पौष १२, २०८१
Friday, December 27, 2024

काठमाडौं – पृथ्वीको सबैभन्दा ठूलो बिरुवा अस्ट्रेलियाको पश्चिमी तटमा रहेको सार्क खाडीमा फेला परेको छ । वैज्ञानिकहरूका अनुसार यसले करिब २०० वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ ।

यो बिरुवा पोसिडोनिया अस्ट्रेलिया प्रजातिको हो । यसलाई फाइबर बल विड वा रिबन विड पनि भनिन्छ । यो सामान्यतया अस्ट्रेलियाको दक्षिणी तटवर्ती किनारमा पाइन्छ ।

आनुवंशिक परीक्षण प्रयोग गरेर वैज्ञानिकहरूले पश्चिमी अस्ट्रेलियामा ठूलो पानीमुनिको एउटा घाँसे मैदान वास्तवमा एउटा बोट हो भनेर निर्धारण गरेका हुन् । यो कम्तीमा ४५०० वर्षमा एउटै बीउबाट फैलिएको विश्वास गरिएको छ ।

टोलीले पर्थबाट करिब ८०० किलोमिटर उत्तरमा रहेको सार्क बेमा संयोगवश फेला पारेका थिए । अन्वेषकहरूले खाडीबाट बिरुवाको अंकुर संकलन गरेपछि १८०० आनुवंशिक मार्करहरू जाँच गरेका थिए । त्यसपछि प्रत्येक नमुनाबाट फिंगरप्रिन्ट निकालिएको थियो ।

तपाईको प्रतिक्रिया