Deneme Bonusu Veren Siteler
शुक्रबार, पौष १२, २०८१
Friday, December 27, 2024

टोकियो वाइन र बियरको शिर्ष उपभोक्ता

टोकियो – जापानको ग्योजा एसोसिएसनले सार्वजनिक गरेको प्रतिवेदन अनुसार जापानभरमा मियाजाकी सहर सबैभन्दा धेरै ग्योजा (डम्पलिङ) उपभोग गर्ने सहर बनेको छ । टोकियो–स्थित सो एसोसिएसनले, आन्तरिक मामिला र सञ्चार मन्त्रालयले सङ्कलन गरेको घरेलु वित्त डाटाको आधारमा मियाजाकी सहर ग्योजाको शिर्ष उपभोक्ता रहेको ठहर्याएको हो ।

वर्षौ देखि, टोचिगी प्रिफेक्चरको उत्सुनोमिया सहरले राष्ट्रको ग्योजा राजधानी भएको दाबी गर्दै आएको थियो । र उत्सुनोमियाबासी ग्योजाको प्रमुख उपभोक्ता मानिंदै आएका थिए । तर २०२१मा जापानभरका ५२ सहरमा ग्योजामा भएको खर्चको औसत रकम गणना गर्दा मियाजाकीका मानिसहरुले २०२१मा औसत ४,१८४ येन र उत्सुनोमियाका मानिसहरुले औसत ३,७२८ येन खर्च गरेको भेटिएको छ ।

त्यसैगरी आन्तरिक मामिला र सञ्चार मन्त्रालयको सर्वेक्षणबाट उद्धृत गरिएको २०२१को डाटा हेर्दा राजधानी टोकियोका बासिन्दा याकितोरी, वाइन र बियरको शिर्ष उपभोक्ता भएको देखिएको छ ।

 

तपाईको प्रतिक्रिया