मंगलबार, बैशाख २५, २०८१
Tuesday, May 7, 2024

टोकियो – जापानको परम्पराका विचित्रता र विशिष्टता संसारमा पहिचान योग्य छन् । अधिकांश शिष्टाचार, धर्म र पुराना अन्धविश्वासमा सम्बन्धित छन् । केही वास्तवमै अनौंठो छन् । त्यस्तै एक अनौंठो उत्सव हो – हिना मात्सुरी ।

प्रत्येक वर्ष मार्च ३ तारिकमा जापानमा हिना मात्सुरी (雛祭り) मनाइन्छ । जसलाई गुडिया दिवस वा बालिका दिवस पनि भनिन्छ । शताब्दीयौंदेखि गुडिया जापानी जीवनको महत्त्वपूर्ण हिस्सा रहिआएको छ । परम्परागत मान्यता अनुसार, हिना गुडियाले परिवारका बालिकालाई रोग र दुर्भाग्यबाट सुरक्षा प्रदान गर्ने विस्वास गरिन्छ । त्यसैले जापानीहरूको लागि, हिना केवल सजावटी वस्तु भन्दा बढी हो ।
यस चाडको केहि दिन अघि, बालिकाहरू र उनीहरूका आमाले हिना गुडियालाई बाहिर निकालेर रातो कपडामा सजाउने गर्दछन् र नदीमा छोडिदिन्छन् । यस विधीको उद्देश्य बालिकाहरुलाई स्वस्थ रहन, दुष्टात्मा माथि विजय हासिल गर्न, दुर्भाग्यबाट बचाउन र राम्रो वैवाहिक जीवनको प्रबन्ध गर्न सहयोग पुर्याउनु हो ।

यो अनौंठो उत्सव जापानको क्षेत्रको आधारमा फरक फरक तरिकाले मनाइएको भेटिन्छ । तर गुडिया सजाउने, आरुको फूल प्रयोग गर्ने, उत्सवको खाना स्वरूप हिना आरारे (rice crackers) र चिराशिजुशी खाने जस्ता चलनमा भने प्रायः सबै क्षेत्रका मानिसहरुले उस्तै विधि अपनाएको देखिन्छ । यस चाडको इतिहास करिब एक हजार वर्ष पुरानो रहेको छ जुन एडो अवधि (१६०३-१८६८) बाट सुरु भएको मानिन्छ ।

तपाईको प्रतिक्रिया