आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – गैरकानुनी रुपमा अनलाइन गेम खेलाएर सट्टेबाजी गर्ने १३ जनालाई बुटवलबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने सबै भारतको राजस्थान जयपुरका रहेका छन् । बुटवलको कालिकानगरमा एक घर भाडामा लिएर अनलाइन गेम खेलाउने र सट्टेवाजी गराउनेलाई बुटवल प्रहरीले पक्राउ गरेको हो ।

बुटवलको कालिकानगरमा केही युवाहरूले फ्ल्याट भाडामा लिएर अवैध गतिविधि गरेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बुटवल र वडा प्रहरी कार्यालय रामनगरको टोलीले छापा मारेर उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीले १३ जना भारतीय नागरिक र उनीहरूले प्रयोग गर्ने ३९ थान मोवाईल १३ थान कम्यूटर लगायतका सामान नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख विजय राज पण्डितले बताए । १३ जना भारतीयलाई पक्राउ गरेको र उनीहरूको बारेमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

उनीहरुले गत मंसिर देखि अफिस संचालनका लागि भन्दै घरको २ वटा प्यालाट भाडामा लिएको बताइएको छ । उनीहरूको बारेमा थप अनुसन्धान जारी रहेको प्रहरी प्रमुख पण्डितले बताए ।

 

तपाईको प्रतिक्रिया