सोमबार, बैशाख २४, २०८१
Monday, May 6, 2024

काठमाडौं – ब्राजिलमा एउटा अनौठो घटना सार्वजनिक भएको छ । एक व्यक्तिले आफ्नी पहिलो श्रीमतीसहित ९ जना युवतीसँग एकसाथ विवाह गरेका छन् । ब्राजिलियन मोडल आर्थर ओउसेरोले एकल विवाहको विरोध गर्दै बहुविवाह गरेका हुन् ।

मिडिया रिपोर्टका अनुसार आर्थरले पहिले नै ब्लगर लुआना काजाकीसँग विवाह गरिसकेका थिए तर दुवै जना आफ्नो विवाहलाई औपचारिकता दिन चाहन्थे । यसै क्रममा आर्थरले पहिलेकी पत्नी समेत अरू ८ युवती गरेर एकसाथ ९ महिलासँग विवाह गरेका हुन् । उनकी पहिलो श्रीमती लुआनाले पनि यो विवाहलाई समर्थन गरेकी छन् ।

यो खुसी जोडी आफ्नो प्रेम अभिव्यक्त गर्न चकित पार्ने कामका कारण प्रायः चर्चामा रहने गर्छ । सो पाउलो सहरको क्याथोलिक चर्चमा विवाह भएको थियो ।

पहिलो हनिमुन
आर्थर र लुआनाले आफ्नो पहिलो विवाहको हनिमुन क्याप डी एग्डेमा मनाए । यो सहर नग्नताका लागि प्रसिद्ध छ । यहाँ मानिसहरू बिना कपडा जहाँसुकै आरामसँग घुम्न सक्छन् । यसबारे सोध्दा ती जोडीले भनेका थिए, ‘हामी युरोपभर घुम्न चाहन्छौँ र विश्वका सबैभन्दा एक्लेक्टिक क्षेत्रहरू हेर्न चाहन्छौँ ।’

महामारीको समयमा यो जोडीले मानिसलाई सेक्स टिप्स पनि सेयर गरिरहेका थिए । यस सम्बन्धमा उनले अन्य दम्पतीलाई पनि आफ्नो वैवाहिक जीवन राम्रो होस् भनेर यौन सम्पर्क गर्न प्रेरित गर्ने प्रयास गरेको बताए ।

तपाईको प्रतिक्रिया