सोमबार, बैशाख २४, २०८१
Monday, May 6, 2024

टोकियो – अन्धविश्वासलाई अङ्ग्रेजी भाषामा ‘सुपरस्टिसन’ भनिन्छ। यो शब्द ‘ल्याटिन’ भाषाबाट आएको हो । यसको अर्थ ‘परमेश्वरबाट डराउनू’ भन्ने हुन्छ ।

सुपरस्टिसन भनेको त्यस्तो अभ्यास हो जसको आधार भाग्य वा परम्परागत अवैज्ञानिक विश्वास हो । आजको समयसम्म पनि एउटा ठूलो जमातले अन्धविश्वासमा विश्वास गदर्छ ।

जापानमा पनि धेरै अन्धविश्वास छन् । केही अझै व्यापक रूपमा विश्वास गरिन्छ भने केहीलाई खारेज गरिएको छ । ती मध्ये केही यति मान्यता व्याप्त छन् कि होटेल र अस्पतालहरू तेह्रौं फ्लोरको नाम “१२-ए” राखेर अशुभ नम्बर तेह्रलाई वेवास्ता गर्छन् । यी विचित्रका अन्धविश्वासहरूले जापानी संस्कृतिको अनुपम पक्षहरूलाई चित्रण गर्दछन् ।

आउनुहोस् जापानीहरु बीच लोकप्रिय रहेका केहि अन्धविश्वासहरु बारे जानी राखौं-

१. अन्त्येष्टिको बेलामा टाउको उत्तरमा राखिने हुँदा जापानीहरु जीवित व्यक्तिले सिरानी उत्तर राखेर सुतेमा दुर्भाग्य हुने र छिटो मृत्यु हुने विश्वास गर्दछन् ।
२. जापानमा कुचो उल्टो राखेमा घर वा पसलबाट पाहुना छिटो निस्केर जाने विश्वास छ । त्यसैले कुचो उल्टो राख्नुअशुभ मानिन्छ ।
३. जापानीहरु मानिसको कानको लोति ठूलो भएमा धनी हुने विश्वास गर्दछन् ।
४. शिन्टो परम्परामा, नयाँ सालको दिन वर्षको सबैभन्दा पवित्र दिन हो । यो नयाँ वर्षको लागि देवी देवताहरूको स्वागत गर्ने दिन हो । त्यसैले जापानीहरु यस दिन आफ्नो घर सफा गर्नु सबै देवीदेवताहरूलाई वर्षौं घरबाट टाढा राख्नु मान्दछन् ।
५. जापानी अन्धविश्वासमा खुट्टा ठूलो हुने मानिस मूर्ख हुन्छ भन्ने रहेको छ ।
६. जापानमा बाथरूम सफा राखेमा सुन्दर बच्चा हुने विश्वास गरिन्छ ।
७. जापानीहरु एक पटक हाच्छिउं आउनु भनेको कसैले तपाईको बारेमा कुरा गरिरहेको, दुई पटक हाच्छिउं आएमा कसैले तपाईको बारेमा नराम्रो कुरा गरिरहेको र तीनपटक हाच्छिउं आएमा भर्खर तपाईलाई कसैले मनपराएको भन्ने मान्दछन् ।
८. जापानमा राति नड़ काट्दा दुर्भाग्य हुने र आफ्ना माता-पिताको मृत्युको समयमा साथ नभइने मानिन्छ ।
९. जापानी अन्धविश्वासका अनुसार एउटा फोटोमा तीन जना हुनु हुदैन । तीन जनाको फोटो भएमा बीचमा रहेको व्यक्ति अन्य दुई व्यक्ति भन्दा अघि मर्ने मानिन्छ ।
१०. जापानीहरु खाना खाने बित्तिकै सुतेमा अर्को जुनीमा गाई हुने विश्वास गर्दछन् ।

तपाईको प्रतिक्रिया