टोकियो – सँगै पढेका साथी सबै परदेश लागे तर बिजयलाई परदेश कहिल्यै जान मन लागेन । जे हुन्छ देशमै गर्नुपर्छ,देशमै दाम कमाउँनु पर्छ,एउटा सानो नाम बनाउँनु पर्छ यहि सोचिंरहन्थ्यो सानैदेखि । नाम नै बिजय भएर भनौ या अथक परिश्रम सानोमा उसले कहिल्यै पराजय भोग्नै परेन पनि । जब बिजय एक सक्षम यूवामा परिणत भयो त्यसपछि ऊ कहिल्यै बिजय बन्नै सकेन पराजय भोगिरह्यो आफ्नै देशमा पनि ।आखिर बिजय बिजय बन्छु भन्दै पासपोर्ट बनायो अनि हुईकियो परदेशतिर ।
बिगत कैयौं बर्षदेखि देशको राजनीतिक अस्वस्थता,अपरिपक्व नीति निर्माण,लथालिङ्गे ब्यवस्था,असक्षम र परजिवी नेतृत्वहरु,अनि बेरोजगार बिबेकहीन मतदाताहरु,दरिद्र मानशिकता,अभावले ग्रसित र कुण्ठित बैचारिक विचलन,बिकाशे नेताका क्षणिक गूलिया भाषण अनि आशे जनताका एक छाक सपनाहरुको समाबिष्ट रुपले नै यो देश दिनानुदिन वर्वादी बनिरह्यो ।
बेरोजगार युवाहरुलाई एकछाके सपनाहरु बाँड्दै बर्षौदेखि नेतृत्वहरुले जनतामाथि धोके राजनीति गरिरहे । नेपाली राजनीति देशको समुन्नति,बिकाश,परिवर्तन,जनताको गाँस बास र कपासको ग्यारेन्टिमा कहिल्यै गरिएन । फगत गरियो त बस् ! पाटि पार्टिहरुबिच फुट ल्याउन गरियो,समाज भाड्न गरियो, नेतृत्वको ब्यक्तिगत स्तरोन्नति बृद्धि र बिकाशमा गरियो।भाई फुटाउन गरियो गबार लुटाउन गरियो । अँह कहिल्यै गरिएन मनैदेखि देशको समुन्नतिको सपना बेकेर अनि कहिल्यै गराँईएन जनताहरुलाई राज्यको आभाष पनि । न त महशुस गराईयो यो देशमा सक्षम नेतृत्व छ भनि ।
प्रजातन्त्र पश्चातका यी स्वर्णिम बर्षहरुमा राज्यसत्ता,कुर्सी लुछाचुँडिमै बितिरहे।यस बिचमा एक छाक मिठो खान नसक्ने अनि मजाले ऑङ ढाक्न नसक्नेहरु राजनितीमा प्रवेश गरे त्यहि राजनीतिलाई प्रमुख ब्यापार ब्यवसाय बनाउँदै गर्दा शहरमा कतिले बिशाल महल बनाए,कतिले भिल्ला किने । आफन्त र भाईभारदारहरुको जीवनस्तर कायापलट गराईदिए पनि । कतिको सपनामा पनि नसोचेको प्रगति भयो । नातागोता कुलकुटुम्ब सबका सब बन्नु बने आखिर सोझा जनताहरु बर्षौ मतदान गर्दागर्दै पनि नाङ्गिए,अझै गरिबीमा धकेलिँदै गए न त उनिहरुको जीवन स्तर सुध्रियो नत सुरक्षित वातावरणमा नै जीउन पाए ।
आजसम्मको राजनैतिक परिवेश हेर्दा कुर्सिको खेलमा मात्र दौडिरह्यो नेपाली राजनीतिको बयलगाढा वर्तमानसम्म पनि।कुर्सीको हानाथापमा मडारिईरँहदा,राज्यका कैयौ बिकाशका योजनाहरु अलपत्र परे ।नेतृत्वहरुले यो देशमा कहिल्यै साँचो राजनीति गरेनन् । गरे त जनताको जीवन माथि खेलबाड गरे।जनताको अनुल्य मतको बलत्कार गरिरहे।नत बोलिएका बाचाहरु पूरा गरे न त जनताको सेवामा केहि थप गरे ।
जनमतको अपमान गर्दै कुर्सीमै र्याल चुहाउँदैमा लोभिरहे।मानौ देश एउटा काक्रो हो जसलाई चिरा चिरा पारि नुन खुर्सानी चट्नीको स्वाद लगाउँदै पालै पालै खाईरँहु । सत्ता भत्ता र पदको लागि जतिसम्म गिर्न पनि पछि परेनन् । न राखे बाँस न बजाए बाँसुरी । सत्ताको मोहजालमा फनफनीरहे निन्द्रा मै पनि ।
यी प्रजातन्त्र पश्चातका यतिका बर्षहरुमा मिठा र गुलिया भाषणमा निपूर्ण त भए तर जनताका नाममा सेवा सुबिधा गाँस बास र कपासको ब्यवस्थापनमा कहिल्यै पाँच मिनेट खर्चिएनन् होलान् सायद ।
जुनसुकै तन्त्र बाद धार आँफैमा पूर्ण नहुने रहेछ । जन्मेपछि मृत्युलाई आत्मसात गर्नेहरु अनि आत्मै देखि देशको माया माटोको सम्मान,जनताप्रति उत्तरदायित्व लिनेहरु मात्र असली अनुहारका शासक हुने रहेछन । संसारका बिभिन्न देशहरुमा फरक फरक तन्त्र बादहरु भेटिन्छन् तर एकैतन्त्र र बादहरु भएका मुलुकहरु मात्र बिकास भएका छन् त ?
कम्यूनिष्ट शासन भएको चीन आज संसारकै उत्कृष्ट देशभित्र गनिन्छ भने राजतन्त्र भएको मूलुक जापान जहाँ बिकास गर्न बाँकी केहि देखिदैनन् । यस्तै अन्य थुप्रै मुलुकहरु छन् जुन देशहरु बिकासका सगरमाथा उक्लिसकेका छन् ।
समग्रमा भन्नुपर्दा नेपाली नेतृत्वहरु “जुन जोगि आए पनि कानै चिरेको” भनेझै अदुरदर्शिता,असक्षमता,अपरिपक्वता,अपारदर्शिता अनि गरिबीपनाको मानसिकताले ग्रस्त रहिरहे । अब यो देश यिनै पूराना असक्षम दोहोरिएका नेतृत्वहरुबाट परिवर्तन हुनै सक्दैन । पूराना र असक्षम नेतृत्वलाई पाखा लगाउँदै स़क्षम,सम्बन्धित क्षेत्रको बिज्ञहरु नेतृत्वमा आए मात्र थोरै संभावना बन्न सक्नेछ।तर भक्तहरुहरुबाट कहिल्यै परिवर्तन सम्भव छैन र हुँदैन पनि । भक्तहरु आशे भक्तिमा मात्रै लिन हुने हुन् न कि कमजोरि औंल्याउँछन् । त्यसैले अब भक्तहरु होईन स़क्षम बिज्ञ गुरुहरुको खोजि गर्नु अनि नदोहोरिएका नयाँ बिज्ञ अनुहारहरु यो देशको नेतृत्वमा आउँनु जरुरि छ । सायद अब यो देश त्यस्ता विलक्षण नेतृत्वले मात्रै बनाउन सक्नेछन् जगैदेखि जुन देश जगैबाट कुहिदै गईरहेको छ ।
हालसम्मको नेपाली राजनैतिक परिबेश र परिवर्तन हेर्दा होलान् छिट्पुट् केहि बिकाशे संरचनाहरु बने होलान् सायद आजको २१ औं शताब्दीमा आईपुग्दा त्यति संरचनालाई बिकाशको परिभाषामा उन्यौ भने हामी जमिन टेकेर कहिल्यै स्वाभिमानले उभिन सक्ने छैनौ नत देशको नामसँगै हामी आजको दुँनियामा संसारभर गर्वले फुल्ने नै छौ । समग्रमा भन्नुपर्दा हामी त श्रीखण्डको बगैंचामा दुर्गन्धित भएर गन्हाईरहेका छौ बिश्वपरिवेशमा ।
आजको आवश्यकता समग्र नेतृत्व फेरिनु पर्छ,नेपाली नेतृत्वमा बिज्ञहरुले घेरिनु पर्छ,अनि मात्रै बिस्तारै देशले बामे सर्छ ।अब ढिला भईसक्यो भक्तहरुको सोंच बिबेकवले घेरिनु पर्छ । तब देश देश जस्तै चम्कने छ । बिकाशमा लम्कने छ । नत थोत्रा भाषण सुन्नु पर्छ नत दुखका कहानि बुन्नु पर्छ ।