Deneme Bonusu Veren Siteler
शुक्रबार, पौष १२, २०८१
Friday, December 27, 2024

मेरो कर्णाली धेरै पटक रोएको मैले देखेको छु तर, आजसम्म निच्च दाँत निकालेर एक क्षण, एक पल पनि देखावटी हाँसोसम्म हाँसेको देखेको छैन मैले । कर्णाली धेरै पटक विभिन्न बहानामा आन्दोलन गर्दा किन नहोस् बाढीपहिरोदेखि महामारी जस्ता ठूलाठूला प्राकृतिक प्रकोपसम्मको दुःख कष्ट भोगेको देखेको छु मैले । तर कहिले पनि कर्णाली हाँसेको अर्थात कर्णालीका लागी खुसीको पल आएको देखेको नै छैन ।

हामीले पटक पटक शुभकामना, शुभेक्षा व्यक्त गर्दै संविधान सभामा होस् या प्रतिनिधि सभामा होस् या त स्थानीय निकायमा नै किन नहोस, कहिले हाम्रालाई पनि, कहिले राम्रालाई पनि जिताई रह्यौं, अनि भव्य विजय जुलुससहित सफल कार्यकालको शुभकामनासँगै बधाई दिइरह्यौँ । तर त्यति बेला पनि मेरो कर्णालीका लागी शुभकामना दिने कुनै सुन्दर पल नै आएन ।

मेरा बाजे, बुवादेखि आज मैलेसम्म कर्णालीका उच्च पदस्थदेखि सामान्य नेता कार्यकर्तासम्मलाई शुभकामना अनि बधाई दिदै आएको छु । तर आजसम्म कर्णालीले बधाई पाउँने एक क्षणसम्म पनि कुनै दिन नै आएन । म सोचिरहेछु, मेरो कर्णालीले बधाई पाउने दिन कहिले आउँछ होला ? म सोचिरहेछु, हामीले नेता, कार्यकर्ता, मन्त्रीलाई दिएको शुभकामनाको जवाफ कहिले आउँछ होला ? सायद आजसम्म हामी सारा जनताले दिएको शुभकामना कर्णालीले पाएको भए कर्णाली कति कायापलट हुँथ्योहोला । है, म सोचिरहेछु ।

थुप्रै चुनावहरू, थुप्रै अविरजात्रा गरियो तर, अविरजात्रा र बधाईका थुप्रै पुष्पागुच्छा कहिले पनि खुसी भएको मैले देखिन । बधाईलाई पनि लाग्दो हो । यहाँ यस्तै यस्तै गज्जबको रंगमंच चलिरहेछ सबथोक फेरियो तर, यो कर्णालीको अवस्था, परिवेश कहिले पनि फेरिएन । सामान्य कार्यकर्ता ठूला(ठूला नेता बने, हिजोका ठूलाठूला नेता मन्त्री, बने तर उहाँले हामीलाई अर्थात यो कर्णालीलाई बधाईको जवाफ नै दिनुभएन । सायद बिर्सिनु भयो की ?

तर मेरो ठूलो प्रतिक्षा छ, कर्णाली हाँसेको हेर्नलाई, कर्णालीले भव्य रूपमा पुष्पागुच्छाले अविरजात्रा गर्दै बधाई सहित शुभकामना पाउने दिन । जून दिन यस्तो दिन आऊनेछ, त्यो दिन कर्णालीको विकासको गतिमा कायापलट भएको हुनेछ । त्यो दिन आफ्नो परिवारको पालनपोषण गर्न र हामी विदेशिएका युवाहरू आफनै घरआँगनमा परिश्रम गर्ने योजना गर्दै हुनेछौं, त्यो दिनमा मेरो कर्णालीमा थुप्रै ठूला ठूला उद्योग–धन्दा खोलिएका हुनेछन् । त्यो क्षण सारा कर्णालीवासीको मनदेखि हाँसेका हुनेछन् । त्यो दिन कर्णालीले थुप्रै पुष्पागुच्छासहित शुभकामना तथा बधाईका थुप्रै सन्देशहरू पाउनेछ । म र हामी यहि उदेश्यका साथ लागीपरेका नवगठित कर्णाली समाज जापान पनि मनदेखि हाँसेको हुनेछ ।

  • भिम न्यौपाने -हाल ओकिनावा
तपाईको प्रतिक्रिया