Deneme Bonusu Veren Siteler
आइतबार, मंसिर ०९, २०८१
Sunday, November 24, 2024

उद्घाटन ! उद्घाटन !! उद्घाटन !!! कहिँ सुपरमार्केट उद्घाटन, कहिँ यातायात, कतै शौचालय उद्घाटन त कहिँ विद्यालय तामझाम र भव्यरुपमा त्यसमाथि प्रमुख अतिथि सिंगो देशका माननिय सांसद अनि मन्त्रीगणहरु ।

विकासपछि परेको या समयको माग अनुरुप विकास हुनै नसकेको या नगरिएको हाम्रो जस्तो मुलुकमा बर्षौंदेखि चलाउँदै आईरहेको यस्ता भिआईपि, भिभिआईपिहरुद्वा रिबन काटी उद्घाटन भएका विभिन्न विकासे संरचनाहरु, संस्थाहरुलाई हेर्ने हो भने आजसम्म आईपुग्दा देशका कुना कन्दराहरुसम्म विकास पुगिसक्नुपर्ने कुरा सहजै अनुमान लगाउँन सकिन्छ ।

तर बिडम्बना देशले सोचेअनुरुपको विकास गर्नै सकेन या गरिएन पनि । यहि कुरालाई विकसित देशमा बसेर अवलोकन गर्ने हो भने हामी आफैमा लज्जित बन्न पुग्छौं । देशका कार्यकारीहरु जिल्लैपिच्छे रिबन काटेर उद्घाटन गर्दै हिड्ने सायद संसारमा एक मात्र देश हुन सक्छ हाम्रो । संसारका विकसित मानिने देशहरुमा सायद मन्त्री र माननियहरुको सेड्युलमा कहिले परेनन् होला साना तिना यस्ता समय अल्मल्याउने उद्घाटनहरु अनि महत्व नै ठानेनन् होला राष्ट्रियस्तरको पोलिसी बनाउँन छोडेर यस्ता झिनामसिना कुरामा अल्मलिरहन ।

मोहनप्रसाद खतिवडा

हामी नेपालीहरु विद्धान त छौं नै तर विवेकी भने नभएकै हौं कि ? पटक पटक नेतृत्वहरुले चुनावताका विकासे  गुँलियो ललिपप देखाउँदै सत्ता हत्याउँछन् अनि जनतामा पुनः खडेरी बर्षाउँछन् तर हामी भने पटक पटक उहि गुँलियो ललिपपको आशामा कैयौं खडेरीहरु सहिरहेकाछौं, भोगिरहेकाछौं तर पनि नेतृत्वलाई भगवानका रुपमा ग्रहण गरिरहेकाछौं अनि कुकृत्यहरुलाई आशिर्वाद् ।

हामी नेपालीहरु विद्धान त छौं नै तर विवेकी भने नभएकै हौं कि ? पटक पटक नेतृत्वहरुले चुनावताका विकासे गँुलिया ललिपप देखाउँदै सत्ता हत्याउँछन् अनि जनतामा पुनः खडेरी बर्षाउँछन् तर हामी भने पटक पटक उहि गुँलियो ललिपपको आशामा कैयौं खडेरीहरु सहिरहेकाछौं, भोगिरहेकाछौं तर पनि नेतृत्वलाई भगवानका रुपमा ग्रहण गरिरहेकाछौं अनि कुकृत्यहरुलाई आशिर्वाद् ।

राजनीती र पार्टीलाई चलिआएको चलनको रुपमा पुस्तामा हस्तान्तरण गरिरहेकाछौं । हजूरबूबा एमाले हुँदा बाबु एमाले हुँदै छोरा नातिसम्म आईपुग्दा पनि एमाले नै भईरहनु, बाबू राप्रपा हुँदा यसरी नै पुस्तान्तरण हुनुको कारणले पनि यहि बताईरहन्छ कि हामी पार्टीलाई पनि पुस्तान्तरण गरिरहेका छौं या दासत्व स्वीकार्य छ हामीलाई ।

विकास जादुको छडी होईन कि ‘फू’ मन्तरमा सिंगो देश बदलिनको लागि । हामी भन्दा धेरै तल्लो स्तरमा रहेका कैंयौं मुलुकहरुले आज आईपुग्दा नसोचेको विकास गरिसकेका पाईन्छन् तर हामी भने जमिन टेकेर उठ्न जानेनौं अझैं पनि । हामी सबैथोक भएरै पनि गरिब छौं दुनिया केहि नभएरै पनि धनी भए ।

दुनियाले विभिन्न ग्रहहरुको अनुसन्धान र अन्वेषण गरिरहँदा यता हामी भने राजधानी भित्रै सडक पिच गरेका र सडकमा लेन कोरिएका बिषयलाई लिएर महिनौं राष्ट्रिय पत्रिकाहरुमा हेडलाईन समाचार बनाईरहन्छौं । सडकका खाल्डाखुल्डी मन्त्रीद्वारा टालिएका झिनामसिना कुराहरु राष्ट्रियस्तरको समाचार बन्दछन् ।

अब ढिला भईसकेको छ देशभक्त युवाहरु राजनीतिमा आउनैपर्छ, अबको नेता अरुको विचारले अघि बढ्ने होईन, स्वविवेक प्रयोग गर्न सक्ने बन्नुपर्छ । सन्तानका लागि मात्रै नेता होईन, जनताको नेतृत्व गर्नुपर्छ । के सम्भव छैन र नेपाल अति विकसित भई बिदेशीहरुलाई कामदारको रुपमा भित्र्याउँन ?

सानो सुन्दर देश प्राकृतिक हराभरा तर किन बनाउँनै सकेनन् नेताहरुले यो देशलाई संसारकै अब्बल । गरिब नेताहरु राजनीतिमा हाबी हुँदै गर्दा यो विकरालस्थिति आएको हो या राजनीतिक चेतनाको कमि या व्यक्तिगत, पारिवारिक स्वार्थमा लिप्त या भनौं राजनीतिलाई व्यवसाय बनाएकै हुन् त ? किन सम्भव छैन र विकासको मुल फुटाउँन देशमा ? कि अस्वस्थ नेता अपरिपक्व राजनीतिक विचार या नेतृत्वले आफूलाई सर्वोपरि ठानेर त होईन ?

अब ढिला भईसकेको छ देशभक्त युवाहरु राजनीतिमा आउनैपर्छ, अबको नेता अरुको विचारले अघि बढ्ने होईन, स्वविवेक प्रयोग गर्न सक्ने बन्नुपर्छ । सन्तानका लागि मात्रै नेता होईन, जनताको नेतृत्व गर्नुपर्छ । के सम्भव छैन र नेपाल अति विकसित भई बिदेशीहरुलाई कामदारको रुपमा भित्र्याउँन ?

पंङ्तिकारले विगत ६ बर्षदेखि जापानको विकासलाई नियाल्दै गर्दा यहाँका विकासका यथार्थहरुलाई अनुसन्धान गर्दै गर्दा कहिलेकँहि देशसँगै जोडेर कल्पना गर्न मन लाग्छ के यो असम्भव छ र ? यसरी नि देशमा विकासको मुल फुट्दो हो त हुम्लाको स्याउ बगानमा काम गर्ने फिलिपिनीहरु टिफिन टाईममा त्यहिको स्याउ किनेर खान्थे होलान् । ईलामको चिया बगानमा चिया टिप्ने मलेसियनहरु ब्रेक टाईममा त्यहिको स्वादिष्ट चिया किनेर पिउँथे होलान् । मुंगु र कर्णालीमा काम गर्ने ईटालियनहरु बिरामी हुँदा त्यहिको जडिबुटी पिएर निको हुन्थे होलान् ।

चैत बैशाखको हावामा हजारौं हजार मेघावाट बिजुली उत्पादन गरि संचित हुन्थ्यो होला । निःशुल्क रुपमा प्राप्त भएको सौर्य शक्ति खेर जादैनथ्यो कतै । लगाउँनलाई चाँईनाको कपडा कुर्नै पर्दैनथ्यो, चढ्नलाई भारतको गाडी पर्खनै पर्दैनथ्यो । ठूलाठूला उद्योगहरुमा ईन्जिनियर अमेरिकाबाट मगाउँथ्यौ, आईटि स्पेसियालिष्ट जापानबाट बोलाउँथ्यौ, कृषिबिज्ञ कोरियाबाट डाक्थ्यौं । अनि संसारकै उत्कृष्ट मध्येकै एक बन्थ्यो नेपाल देश । -लेखकको कल्पना मात्रै हो तर असल नेतृत्वले यो सम्भव देख्छन् पंङ्तिकार ।

पकाउँनेले खिंचडी नपकाएपछि कहाँ आफै पाक्छ र ? बताउँनेले सहि नबताएपछि कहाँ विवेक जाग्छ र ? देशका नेताहरुको चेतना र विवेकले काम नगर्दा देश नाङ्गिएको छ, अपराध झाँगिएको छ भने जनताको पीडा चांगिएको छ ।

प्रसङ्ग बदलौ, यसरी एकातिर देशका कार्यकारीहरुले भव्य समारोहबीच तामझामसहित रिबन काट्दै उद्घाटन गरिएका व्यापारीक संघ संस्था, विद्यालयहरुले जथाभावी मन लाग्दी शुल्क लिने, कालोबजारी गर्छन् भने सुचारु भएका यातायात सेवाहरु बर्षदिन नपुग्दै स्थगन हुन्छन् । अनि शौचालयहरुले शहर नै दुर्गन्धित पारिदिन्छन् । आशा त त्यो हुन्छ जनतामा माननियहरुबाट रिबन काटिएका उद्घाटन त्यस्ता संस्थाहरु चुस्त, बहुआयामिक, सेवामूलक बनुन् । माननियहरुबाट रिबन काटिएका संस्था जनताप्रति समर्पित बनुन्, बफादारी बनुन् समाजमा त्यस्ता संस्थाहरुको जयजयकार होस् तर बेनाम हुन्छन् तिनीहरु, कालाबजारी गर्छन् अनि बद्नामी कमाउँछन् ।

पकाउँनेले खिंचडी नपकाएपछि कहाँ आफै पाक्छ र ? बताउँनेले सहि नबताएपछि कहाँ विवेक जाग्छ र ? देशका नेताहरुको चेतना र विवेकले काम नगर्दा देश नाङ्गिएको छ, अपराध झाँगिएको छ भने जनताको पीडा चांगिएको छ ।

पङ्तिकार उभिरहेको देशलाई हेर्ने हो भने यहाँ सडकमा लेन कोरिएका कुराहरु कहिल्यै राष्ट्रिय समाचार बन्दैनन्, नत मन्त्रीले राज्यको ढुकुटी रित्याएर टाढाटाढासम्म उद्घाटनमा जान्छन् नै । नत सडकका खाल्डा पुरिएकामा मन्त्रीको जयजयकार नै गर्छन् यिनीहरु । हाम्रा नेतृत्वहरुले संसारका धेरै मुलुकहरु घुमिसके, बुझिसके अनि कतिपय दोश्रो देशको ईमिग्रेशनमा रोकिए पनि तर कहिल्यै समृद्धी पलाएन म मात्रै होईन देश धनी बन्नुपर्ने रहेछ । आफ्नो अन्तर्राष्ट्रिय छवि बनाउँनको लागि बस् यत्ति बुझ्ने विवेक पलाईदियोस् कामना गरौं ।

  • मोहनप्रसाद खतिवडा -टोकियो
तपाईको प्रतिक्रिया