Deneme Bonusu Veren Siteler
शुक्रबार, पौष १२, २०८१
Friday, December 27, 2024
                 प्रेमिला गौचन

भनिन्छ नि ‘महिलाको शत्रु महिला नै हुन्छ’ भनेर । यो प्रसँग पूर्वडिआइजी रञ्जन कोइराला र उनकी प्रेमिका तारा रेग्मीसँग मिल्न जान्छ ! स्व. गीता ढकालको हत्यारा आरोपित उनकै श्रीमान पूर्वडिआइजी रञ्जन कोइरा, जो सर्बस्व जन्मकैद फैसला दिइएको थियो तर उनी ८ वर्ष ६ महिना बिहिवारमा कैदमुक्त भए ।

अहिले सामाजिक सञ्जाल तातेको छ भने अधिकारकर्मीहरु पनि ‘स्व. गीता ढकाललाई अन्याय भयो’ भन्दै । स्व. ढकालका बुवा हरेराम ढकाल भन्दैछन् ‘मेरा जस्ता कैयन छोरीहरु अब न्यायबाट बन्चित हुने भए ।’

आरोपित कोइराला स्व. ढकालका श्रीमान र उनीहरुका २ छोरा समेत छन् भन्ने थाहा हुँदाहुँदै अर्काको पतिसँग लठारिनु के जायज छ ? के उनका लागि संसारमा कोही पनि केटा भेटिनन् । उनीसँगको अनैतिक सम्बन्धका कारण रञ्जनको घर परिवार नै बिग्रियो त्यसमाथी पनि कोइरालाले आफ्नै श्रीमतीको हत्या गर्न पुगे ।

भनिन्छ नि ‘केटाहरु परस्त्रीसँग पल्केपछी घरको मूल खम्बा (दलिन) नै बाङो देख्छन ।’ कुनै पनि पुरुष परस्त्रीसँग रम्ने गरेको छ भने घरको श्रीमती जति नै सुन्दर, जति नै बहुप्रतिभाशाली लक्षणको भएपनि आफ्नो श्रीमतीलाई कुरुप देख्ने, श्रीमतीले जति नै राम्रो गर्न खोजे पनि दोषारोपण गर्ने गर्दछन् । किनकि यो ध्रुवसत्य हो ।

यद्यपी अधिकांश महिलाहरु यस्ता भोक्तभोगीहरु समाजमा भेटिएका छन् । बाटामा अनगिन्ती फूलहरु भेटिन्छन्, प्रत्यक फूलको रस र वास्ना सुघ्दै हिंड्ने हो भने त त्यो बगैचाको सौन्दर्यता नै के नै होला र ? जबकी फूल बिनाको बगैचा ।

                                रञ्जन कोइराला

जीवनमा भेटिने अनगिन्ती फूलहरु राम्रा हुन्छन् र त्यसका आफ्नै किसिमको वास्ना हुन्छन् । हामीले त्यसलाई देखेर आनन्द लिने हो तर, भोगचलन होइन । हामीले आफ्नो मनलाई काबुमा राख्न सक्नु पर्छ । होइन भने रञ्जन, गीता र तारा जस्ता पात्रहरु जन्मन सक्छन् र समाजलाई एक नारकिय अवस्थामा रुपान्तरण गर्न सक्छन् । कल्पना गरौ त, यस्ता घटनाहरु फैलिदै गयो भने भोली तपाई हामीबीच कस्तो बित्ला ? एउटा कहाली लाग्दो र दर्दनाक स्थिती सृजना हुन सक्छ ।

रञ्जन कोइरालालाई जेलमुक्त गर्न आदेश दिने न्यायाधीश चोलेन्द्र शम्शेर जबराको नैतिक चरित्र धरापमा पर्ने भएकोले नै बाध्यतावश यो निर्णय गर्न पुगेको केही विश्लेषकहरुको पनि भनाइ छ भने कोही पैसाको चलखेल त कोही राजनैतीक दवाब भनेका छन् । यद्यपी कुनै पनि व्यक्ति, परिवार, समाज तथा राजनीतिक आस्थाबाट अलग हुनुपर्छ, तबमात्र न्यायीक क्षेत्र स्वच्छ र विष्पक्ष फैसला गर्न सक्छ ।

यहाँसम्म कि रञ्जनले प्रेमिका तारा रेग्मीको सहयोगमा आफ्नै श्रीमती ढकाललाई हत्या गरी सम्पूर्ण प्रमाणहरु नष्ट गर्ने प्रयास गरेको तर, त्यो सफल नभएको मिसिल फाइलमा उल्लेख छ । भन्निन्छ नि ‘पाप धुरीबाट कराउछ’ भनेर। त्यस्तै मृतक ढकालको नाडिमा भएको चलिरहेको घडीबाट उनकै श्रीमतीको शव भएको प्रमाणित भयो । जुन घडी अघिल्लो साल उनको आमा सिङ्गापुर भ्रमणमा जाँदा उपहार स्वरुप गीतालाई ल्याइदिएका थिए ।

तथापी एउटै मुद्दामा रञ्जनसँगै १ वर्ष कैद सजाय भोगेर निस्केकी प्रेमिका रेग्मी रञ्जनलाई लिन सरदर खोरमा नीजि गाडी लिएर गएकी छिन् । सेतो कुर्तामा आधा मुख छोपिएको मास्क लगाएर । त्यस्तै उता रञ्जन निकै ठूलो काम गरेर फर्के जस्तै गरेर पूरा नेताको शैलीमा सबैलाई हात हल्लाउदै रेग्मिले ल्याएको गाडीमा चढेर आफ्नो बाटो लागे ।

यसले के देखाउँछ भने अर्काको घर भाड्ने तथा हत्या समेत गर्न प्रोत्साहन गरेबापत सप्रमाण भेटिएकाले एक वर्ष जेल सजाय भोगेकी रेग्मिलाई न त समाजको डर लाग्यो न त लाज नै । यी दुबैको गतिबिधिले हामीहरु गल्ती गरेर जेल सजाय भोगेका होइनौं, कि कुनै उदाहरणीय काम गरे बापत बहादुरी गरेका छौं, सम्मान पाएका छौं । यसले वर्तमान परिस्थितीमा हाम्रो समाज कतातिर उन्मुख भएको छ भन्ने चिन्ताको बिषय पनि बनेको छ ।

                                                                       रञ्जन कोइरालाकी प्रेमिका तारा रेग्मी

विविध न्यायकर्मीहरुको अन्तर्वाताले पनि यो प्रणाली गलत छ भनेका छन् । पूर्व न्यायधिश गोपाल पराजुली भन्छन् ‘न्यायलय बिधि, पद्दती र प्रकृयाबाट चल्छ, जिल्ला अदालतको फैसालाई केन्द्रले गम्भिर संवैधानिक त्रुटी भएमा सच्याइदिन्छ । तर अहिलेको न्यायलयहरु माफियाहरुको सन्जालको शक्तिले बेरिएको छ, त्यसैले यस्ता बिकृतिहरु भएका छन् ।’ उहाँ थप्नुहुन्छ- ‘अहिले न्यायधिश त्राही त्राही छ, जो फौजदारी मुद्दामा पनि माथिको आदेश सुन्नु पर्ने अवस्था छ ।’

त्यस्तै अधिवक्ता स्वागत नेपाल भन्छन्-‘प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको यो राणाशासन होइन, उहाँ महाअभियोगको लागि तयार हुनुपर्छ । १ सय प्रतिशतभन्दा बढी गल्ति गर्नु भएको छ । किनकी गीताको हत्या आफ्नै श्रीमानले गरेको सारा नेपालीलाई थाहा छ ।’ ‘यद्यपी जबराको फैसलामा भूलबस हत्या भएकोले सजाय घटाइ जेलमुक्त गरिएयो तर, रञ्जनले यो कुरा स्विकारेका छैनन् । त्यसैले अभियुक्तले नस्विकारेको अवस्थामा यो फैसला गर्न मिल्दैन ।’

                                                                             जेलमुक्त भएपछि रञ्जन कोइराला

गीताका बुवा हरेराम भन्छन्- ‘छोरीले हामीलाई बारबार फोनबाट आजकाल रञ्जन मसँग बस्दैन, त्यही तारा रेग्मीसँग बस्ने थालेका छन् । मैले घर किन छोडेको, घर व्यवहार किन नहेरेको भन्दा मलाई पिट्न आउछ, तेरो लाश गायब पार्छु भन्छ, भन्थ्यो,’ उनले भने- ‘घटना भएको दिन हामीहरुसँग दिउसो १२ बजेतिर कुरा गरेकी थिईन । हामीहरुले आज भाईहरु आएका छन् । तिमी माइत आउ भन्दा, मेरो खुट्टा भाचिएको छ । आज आउने सक्दिन भनेको थिईन अनि ठिकै छ पछि भेटौँला भन्दै बिदा भएका थियौं ।’

कोईराला चीन तालीममा गएको तर सुटुक्कै कार्यालयलाई पनि थाहा नदिई नेपाल आई आफ्नै श्रीमतीलाई हत्या गर्ने आवश्यक योजनाहरु बनाएको यथेष्ट प्रमाणहरु भेटिएका छन् । न्यायलयको हेल्चेक्र्याइ यहाँसम्म पनि छ कि रञ्जन र गीताको २ छोराहरुको उमेर पनि सच्याइएको छैन । उनीहरु नाबालक भएकोले अभिवाबकको संरक्षण चाहिएकोले जेलमुक्त गरिएको भनेको छ ।

जब कि उनीहरु अहिले १९ र २१ वर्षका छन् । यसले के प्रमाण गर्छ भने मुद्दाको एउटा सानो अंश पनि अध्ययन गरिएको छैन् । यसले आम नागरिकहरु न्यायलयलाई कसरी विश्वास गर्ने भन्दै एउटा त्राश र चिन्ताको विषय बनेको छ ।

                                                                                                                                       प्रस्तुती : प्रेमिला गौचन -टोकियो

यद्यपी पूर्वडीआईजी रञ्जन कोइरालाको कैद घटाउने गरी सर्वोच्च अदालतले गरेको फैसलाको पुनरावलोकन हुने भएको छ । सर्वोच्च अदालतले आइतबार पुनरावलोकनका लागि निस्सा हुने आदेश गरेको हो ।

यो आदेशसँगै पुनरावलोकनको निवेदन दर्ता हुनेछ र यसअघिको फैसलाको औचित्य परीक्षण गरिनेछ । अब कम्तीमा ३ सदस्यीय इजलासले यो मुद्दाको सुनुवाइ गर्नेछ । सुनुवाइपछि सर्वोच्च अदालतको वेबसाइटमा ‘अनुमति हुने’ भनी जनाइएको छ । यसको अर्थ यसअघिको फैसलाको पुनरावलोकन हुने भन्ने हो ।

तपाईको प्रतिक्रिया