आइतबार, बैशाख २३, २०८१
Sunday, May 5, 2024

काठमाडौँ –  अमेरिकी गायक जोन प्राइनको मृत्यु भएको छ। ७३ वर्षीय प्राइनमा गत महिना कोरोना भाइरसको लक्षण देखिएको थियो। यसअघि प्राइनकी श्रीमतीमा कोरोना भाइरसको संक्रमण देखिएको थियो।

प्राइनको मृत्यु भाइरसको संक्रमणबाटै भएको भन्ने पुष्टि भएको छैन। गायक प्राइन भाइरसको संक्रमणको लक्षण देखिएपछि गत मार्च २६ मा अस्पताल भर्ना भएका थिए।

एनजल, स्याम स्टोन लगायत गीतबाट चर्चित बनेका प्राइनले धेरै पटक ग्रामी अवार्ड जितेका थिए। रोलिङ स्टोनले त प्राइनलाई ‘द मार्क ट्वाइन अफ अमेरिकन सङराइटर’ भनेको थियो।

विश्वभरका संगीकर्मीले प्राइनको मृत्युमा संवेदना पटक गरेका छन्।

तपाईको प्रतिक्रिया