आइतबार, बैशाख २३, २०८१
Sunday, May 5, 2024

काठमाडौं – बलिउडकी चर्चित अभिनेत्री निम्मीको निधन भएको छ । लामो समयदेखि बिरामी रहेकी उनको ८८ वर्षको उमेरमा निधन भएको जनाइएको छ  । नवाब बानो नाम गरेकी निम्मीको भारतको मुम्‍बईस्थित सरला नर्सिङ होममा निधन भएको हो  ।

उनले बलिउडमा वे आन, उडन खटोला, भाइ भाइ, कुन्दन, मेरे महबुब जस्ता धेरै फिल्ममा अभिनय गरेकी छिन् । बलिउडमा प्रबेश गरेपछि उनले आफ्नो नाम निम्मी राखेकी थिइन् ।

तपाईको प्रतिक्रिया