आइतबार, बैशाख २३, २०८१
Sunday, May 5, 2024

काठमाडौं – सरकारले भिभिआइपीहरुले प्रयोग गर्ने गरी अत्याधुनिक हेलिकप्टर खरिद गरेर काठमाडौं ल्याएको छ।

सरकारले अतिविशिष्ट व्यक्ति (भिभिआइपी) का लागि एक अर्ब ४० करोड रुपैयाँ खर्चिएर हेलिकप्टर ल्याएको हो। आठ सिट क्षमताको उक्त हेलिकप्टर सेनाको व्यवस्थापनमा चलाइने छ। इटालियन कम्पनीबाट सिधैँ खरिद गरिएको हेलिकप्टरको दर्ता नेपाल नागरिक उड्डयन प्राधिकरणमा रहेको छ।

अब उक्त अत्याधुनिक हेलिकप्टरमा राष्ट्रपति, उपाराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभा अध्यक्ष लगायतका लागि प्रयोग गरिने छ। बिहीबारमात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको उक्त हेलिकप्टरको कलसाइन नम्बर ‘नाइएन–पिएमए’ रहेका नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।***

तपाईको प्रतिक्रिया