आइतबार, बैशाख २३, २०८१
Sunday, May 5, 2024

काठमाडौं – पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले विदेशी चासो र स्वार्थका बीच सन्तुलित नीति अपनाउन नसक्दा देश द्वन्द्वमा फस्नसक्ने औंल्याएका छन् ।

चीन, अमेरिका र भारतका आआफ्नै चासो र स्वार्थको टकराब बीच नेपालले सन्तुलित व्यवहार गर्न नसक्दा ‘अफगानिस्तान’ बन्ने खतरा रहेको बताएका हुन् ।

बिहीबार संघीय संसदको बर्खे अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताए ।

प्रष्ट विदेश नीति अवलम्वन गर्दै सन्तुलित व्यवहार गरेको खण्डमा देश समृद्ध बन्नसक्ने पनि उनले सरकारलाई सुझाव दिएका थिए । ‘भूराजनीतिक अवस्थिति नेपालको लागि ठूलो अवसर र चुनौती पनि हो । थर्ड वल्र्डबाट फस्र्ट वल्र्डमा जानसक्ने अवसर हामीसँग छ । यसलाई ठीक ढंगले समालेर जानुपर्नेमा हामी चुक्दै त छैनौँ !’ डा. भट्टराईले भनेका छन् ।

खासगरी तीन ठूला शक्ति राष्ट्रको नाम नै लिएर नेपालमा उनीहरुले चासो देखाएको तर उनीहरुसँग अलग अलग व्यवहार गरेर अघि बढ्नुपर्ने उनको धारणा थियो ।

भट्टराईले भनेका छन्, ‘अमेरिकाले समेत यहाँ चासो राख्दैछ, भारतको परम्परागत चासो छँदैछ । यो चुनौती सँगै अवसर पनि हो । तर अफगानिस्तान बन्ने डर पनि छ । यो विषयमा संसदमै जस्तो बहस हुनुपथ्र्यौ, त्यसो भएन । तीन ठूला शक्तिको ध्यान केन्द्रित भइरहेको छ, स्वार्थ टकराउँदैछ, चुनौतीलाई अवसरमा बदल्नुपर्छ । सबैसँग अलग अलग व्यवहार गर्ने हो । एउटालाई अर्कोको विरुद्ध प्रयोग गर्नु हुँदैन ।’

परराष्ट्र नीतिमाथि कटाक्ष गर्दै डा. भट्टराईले वामपन्थी बिचारधारा बोकेका नेताहरुमाथि व्यंग समेत गरेका थिए । विदेश नीतिका सवालमा राजनीतिक बिचारधारा भन्दा पनि राष्ट्रिहितलाई महत्वमा राख्नुपर्ने भन्दै ‘वामपन्थी ह्याङओभर त्याग्नुर्ने’ उनको भनाइ थियो ।

माओकालिन समयको सन्दर्भ कोट्याउँदै उनले ‘रुसले जे गर्‍यो ठीक गर्‍यो’भन्ने वाम मान्यतामाथि पनि आलोचना गरेका थिए । समग्रमा उनले नेपालमा ठूला विदेशी शक्तिको चासोलाई अवसरमा बदलेको खण्डमा मुलुकको समृद्धि आउने सुझाव दिएका थिए ।

संसदमा डा. भट्टराईले संविधान संशोधनको मुद्दा पनि उठाएका थिए । संविधानलाई सबैले अपनत्व गर्ने अवस्था नरहेको भन्दै संशोधन गरेर अघि बढ्नुपर्ने सुझाव दिए ।
मुलुकको आर्थिक उन्नति पनि अपेक्षाकृत रुपमा नभएको उनले औंल्याए । उनले दोहोर्‍याए, ‘मैले पहिले पनि भनेको थिएँ, आधा गिलास भरी पानी छ, आधा खाली छ ।’
यस्तै २–३ सय ठूला घरानाले मात्रै सम्पत्तिको दुरुपयोग गरिरहेको भट्टराईको भनाइ थियो । यस्तै व्यापार घाटा बढ्नु, वैदेशिक लगानी नल्याउनु, आर्थिक विकास नहुनु जस्ता समस्या औंल्याए । सांसद भट्टराईले महिला सांसदको सक्रिय सहभागिता र सभामुखको भूमिकाप्रति बधाइ र शुभकामना पनि दिएका थिए ।

तपाईको प्रतिक्रिया