Deneme Bonusu Veren Siteler
शुक्रबार, पौष १२, २०८१
Friday, December 27, 2024

काठमाडाैं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रुप फेरिएको छ । यहाँबाट बाहिरिने र भित्रने दुवैखाले प्यासेन्जरले अब केही फरक अनुभूति गर्नेछन् । किनकि विमानस्थलको भित्री रुप लोभलाग्दो गरी सुधारिएको छ ।संसारका खराबमध्येको एक विमानस्थलका रुपमा ‘कुख्यात’ यस विमानस्थलको रुप फेर्नका लागि पर्यटन मन्त्री रवीन्द्र अधिकारी सक्रिय बन्नुभयाे । त्यसको परिणाम विमानस्थलभित्र हेर्न लायक दृश्यहरु तयार भयो ।भुईमा कार्पेट बिछ्याइयो, छेउछेउमा नेपाललाई चिनाउने दृश्यहरु राखियो । घडा भरिएका कलश पनि सजिए । संस्कृति चिनाउने कुमारीका ठूला ठूला तस्बिरहरु पनि सजाइयो । सन् २०२० को भ्रमण वर्ष चिनाउनका लागि सेल्फी पोइन्ट पनि बनाइयो ।अन्तर्राष्ट्रिय टर्मिनलको आन्तरिक बनावटमा नेपालको संस्कृति झल्काइ ‘बुटिक एयरपोर्ट’ मा परिमार्जन गरिएको छ ।

तपाईको प्रतिक्रिया