काठमाडाैं – नेपालकै नमूना सडकको रुपमा हेरिएको चक्रपथको कोटेश्वर-कलंकी सडकखण्डको काम सकिएको छ । नेपालको तर्फबाट गर्नुपर्ने केही कामबाहेक चीनले जिम्मा लिएको सबै काम सकिएको हो ।चीनको सांघाई कन्स्ट्रक्सन ग्रुप कम्पनीले शनिबार आफ्नो जिम्मेवारीमा रहेका सबै काम सकिएको घोषणा गर्दै हस्तान्तरण नेपाललाई हस्तान्तरण गर्दैछ । सडक निर्माणको काम सकिएपछि कलंकी–कोटेश्वर सडक चिल्लो, फराकिलो र आकर्षक बनेको छ ।यो सडकमा यात्रा गर्दा धेरैले विदेशको झल्को मिलेको प्रतिक्रिया दिने गरेका छन् । यो सडकखण्डमा अहिले जाम पनि कम भएको छ । २७ किलोमिटर चक्रपथमध्ये सांघाई कम्पनीले १० दशमलव ३९ किलोमिटर सडक विस्तारको जिम्मेवारी लिएको थियो ।चिनियाँ ठेकेदार कम्पनीले झण्डै ५ अर्ब रुपैयाँ लगानीमा सडक निर्माण गर्ने समझदारी गरेको थियो । यो चीनकै अनुदान रकम हो ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार