काठमाडौं – अमेरिकाको अलास्का दक्षिणी केनाई प्रायद्वीपमा शुक्रबार बिहान ७.० तीव्रताको शक्तिशाली भूकम्प गएको केही समयपछिको ५.७ म्याग्निच्युडको भूकम्पका कारण हाइवे फाटिएका छन् ।
अमेरिकी भौगर्विक विभाग (यूएसजिएस) का अनुसार भूकम्पको केन्द्रविन्दु अलास्काको सबैभन्दा ठूलो शहर एन्कोरेजभन्दा १६ किलोमिटर उत्तरपूर्वमा ३३ किलोमिटर गहिराइमा रह्यो ।
सुरुमा सुनामीको चेतावनी दिइएपनि पछि त्यो रद्द गरिएको छ । भूकम्पपछि थुप्रै पराकम्प आइरहेको बताइएको छ । पराकम्प केही दिन वा हप्तासम्म आइरहने भूगर्वविदले जानकारी दिएको सिएनएनले बताएको छ ।
‘भूकम्पको झट्का निकै शक्तिशाली थियो,’ एन्कोरेजका मेयर इथन बेर्कोविट्जले भने । ‘हामीलाई पहिले नै लागेको थियो कि यसअघि अनुभव गरिएका भूकम्पभन्दा यो शक्तिशाली थियो । हामी बारम्बार भूकम्प आइरहने देशमा छौं तर यसपटकको ठूलो थियो ।’
सोसल मिडियामा भूकम्पपछि श्रृजना भएको हताहतीको भिडियो सार्वजनिक भएका छन् ।
‘भूकम्प निकै डरलाग्दो थियो,’ अलास्का निवासी क्रिस्टिन डोसेटले सिएनएनलाई भनिन् ।
‘भूकम्पका झट्का सामान्य लाग्ने यो क्षेत्रमा मैले ३७ वर्षमा पहिलो पटक यो भूकम्प मलाई भयानक लाग्यो,’ उनले भनिन् ।
एन्कोरेजका अधिकारीका अनुसार अहिलेसम्म कसैको मृत्यु भएको र गम्भीर घाइते भएको खबर सार्वजनिक भएको छैन ।