Deneme Bonusu Veren Siteler
शुक्रबार, पौष १२, २०८१
Friday, December 27, 2024

काठमाडाैं – ललितपुरको खोकनाका स्थानीय बासिन्दाले प्रत्येक वर्ष दसैँको साटो ‘सिकाली पर्व’ मनाउँदै आएका छन् । यसपर्वमा हिन्दु धर्मका विभिन्न १४ देवीदेवताको पूजाआजाका साथै परम्परागत नाच तथा संगीत प्रदर्शन गरिन्छ ।

दसैँको अवधिभर मनाइने यो जात्रामा आफन्त तथा साथीभाइलाई बोलाएर खुवाउने, नाचगान तथा जात्रा देखाउने हुन्छ । सम्पूर्ण देवगनहरु बिहान नुहाइध्याइ चोखो भइ कलिवर पोशाक,मुकुट,गरगहना लगाएर खोकना वस्तीबाट अलिक पर सिकाली चौरमा पुगेर नृत्यु प्रस्तुत गरेका छन् ।

मल्लकालीन नाच रहेको यो जात्रा देशमा सुख शान्तिको कामना गरेर नाच गरिन्छ । दसैं नमनाउने खोकनावासी जमरा नराख्ने टीका नलगाउने सिकाली जात्रा मनाउँछन् ।

हेर्नुहोस् केही तस्बिर :-

तपाईको प्रतिक्रिया