काठमाडाैं – श्रावण शुक्ल पूर्णिमाका अवसरमा मनाइने जनैपूर्णिमा तथा ऋषितर्पणी पर्व धुमधामले मनाइदैँछ । प्रत्येक वर्षको श्रावण शुक्ल पूर्णिमाका अवसरमा जनैपूर्णिमा पर्व मनाउने प्रचलन रहिआएको छ । यसै दिन आत्माको शुद्धीकरण र शरीरको रक्षाका लागि ब्राह्मण पुरोहितको हातबाट नाडीमा रक्षाबन्धन बाँध्ने प्रचलन रहेको छ ।
तागाधारीले कश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नि, विश्वामित्र र अरुन्धतीसहित सप्तऋषिलाई तर्पण दिने भएकाले जनैपूर्णिमालाई ऋषि तर्पणी पनि भन्ने गरिएको छ । यो दिन पाटनको कुम्भेश्वर, रसुवाको गोसाइँकुण्ड, नुवाकोटको देवीघाटलगायतका धार्मिक क्षेत्रमा ठूलो मेलासमेत लाग्ने गर्दछ । आजै मास, भटमास, केराउ, मुग, चना, सिमी, गुराँस र बोडी गरी नौ थरिका गेडागुडी मिसाएर बनाइएको क्वाँटी खाने चलन छ ।
तस्बिरमा हेर्नुहोस् जनैपूर्णिमा जनैपूर्णिमाका दिन मध्यपुर थिमि नगदेशमा रहेको ऐतिहासिकस्थल बिसन्तकीमा पूजाअर्चना गर्न लामबद्ध स्थानीय भक्तजनहरु ।
जनैपूर्णिमाका दिन मध्यपुर थिमि नगदेशमा रहेको ऐतिहासिकस्थल बिसन्तकीमा पूजाअर्चना गर्न लामबद्ध स्थानीय भक्तजनहरु ।
जनैपूर्णिमाका दिन आइतबाट ब्राम्हणको हातबाट हातमा जनै लगाउदै मध्यपुरथिमि नगदेशका स्थानीय ।