सोमबार, बैशाख १७, २०८१
Monday, April 29, 2024

टोकियो– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आगामी नोभेम्बर ५ तारिखका दिन जापान भ्रमणमा आउने भएका छन । राष्ट्रपति कार्यालय ह्वाइट हाउसले हिजो मात्र सो बारेमा सार्बजनिक गरेको एनएचके अनलाईनले जनाएको छ । जापान भ्रमणको क्रममा उनले जापानी प्रधानमन्त्री सिन्जो आबेसंग उत्तर कोरियासंग सम्बन्धित बिषयमा बार्ता गर्ने र उत्तर कोरियाद्वारा अपहरण गरिएका जापानी नागरिकको परिवारसंग पनि भेट्घाट गर्ने योजना रहेको समाचारमा उल्लेख छ । यो भ्रमण ट्रम्पको पहिलो एशिया भ्रमण हुने समेत हो ।

जापान भ्रमण पश्चात राष्ट्रपति ट्रम्पले ७ तारिखदेखि कोरिया भ्रमण गर्ने योजना रहेको छ । सो क्रममा उनले कोरियाको संसदलाई संबोधन गर्ने र उत्तर कोरियाको ज्यादति प्रति दवाब श्रृजना गर्न अपिल गर्ने समाचारमा उल्लेख छ । त्यसैगरी, ८ तारिखका दिन चीन भ्रमण गरी त्यहाँ पनि राष्ट्रपति सि जिन पिंगसंग बार्ता गर्ने भएका छन् ।
जापान, कोरिया र चीनको भ्रमण सकेपश्चात राष्ट्रपति ट्रम्प १० तारिखमा भियतनाममा आयोजना गरिएको एशिया प्रशान्त आर्थिक संगठन तथा १२ तारिखमा फिलिपिन्समा आयोजना गरिएको दक्षिण–पूर्वि एशियाली मुलुकहरुको संगठन आसिआनको उच्च स्तरिय बैठकमा भाग लिई सम्बोधन गर्ने योजना रहेको छ ।

यस पटकको एशियाली मुलुकहरुको भ्रमणको क्रममा उनले उत्तर कोरियाद्वारा लगातार गरिएको मिसाइल प्रक्षेपणको बिषयलाई प्रमुख बिषय बनाउने र त्यसलाई रोक्न एशियाली राष्ट्रहरुको एेक्यबध्दताको लागि अपिल गर्ने योजना रहेको समाचारमा उल्लेख छ ।
हेर्नुहोस् समुद्रपारि हाइलाइट्स :

तपाईको प्रतिक्रिया