Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक ०५, २०८१
Monday, October 21, 2024

काठमाडौं – तेह्रथुमका सबै स्थानीय तहमा मतगणना भइरहेको छ । २ नगरपालिका र ४ गाउँपालिका रहेको तेह्रथुमका सबै स्थानीय तहमा नेपाली कांग्रेसले अग्रता लिएको छ । म्याङलुङ नगरपालिकामा का‌ग्रेसका मेयर उम्मेदवार १ सय ९२ मत सहित अगाडि छन् भने एमाले १ सय ९१ मतसहित कांग्रेसलाई पछ्याइरहेको छ । त्यस्तै उपमेयरमा एमाले १ सय ९७ मतसहित अगाडि र कांग्रेस १ ससय ७८ मतसहित दोस्रो स्थानमा छ ।

त्यस्तै लालीगुराँस नगरपालिकामा कंग्रेसका मेयर उम्मेदवार ३ सय २ मत सहित अगाडि र एमाले २ सय ३९ मतसहित दोस्रो स्थानमा छन् । उपमेयरमा एमाले उम्मेदवार २ सय ५९ मतसहित अगाडि र कांग्रेस १ सय ९३ मतसहित दोस्रो स्थानमा छन् । लालीगुराँस नगरपालिकाको वडा नम्बर १ मा एमालेको प्यानलै विजयी भएको छ । एमालेका रामबहादुर गुरुङ्ग २ सय ४२ मतसहित वडाध्यक्षमा निर्वाचित हुनुभएको छ ।

मेन्छ्यायम गाउँपालिकामा कांग्रेस २ सय ३० मत सहित अगाडि र एमाले १ सय ६३ मत सहित दोस्रो सथनमा छन् । त्यस्तै उपाध्यक्षमा कांग्रेस १ सय ८४ मत सहित अगाडि र एमाले १ सय ५६ मत सहित दोस्रो स्थानमा छन् । मेन्छ्यायमकै वडा १ मा कंग्रेसका शरमान लिम्बु १ सय ७४ मत प्राप्त गरी वडाध्यक्षमा निर्वाचित हुनुभएको छ । फेदाप गाउँपालिकाको अध्यक्षमा कंग्रेसले ९३ मतका साथ अग्रता कायम गरेको छ भने एमाले ८३ मत सहित दोस्रो स्थानमा छ ।

आठराइ गाउँपालिका अध्यक्षमा कांग्रेस ÷ माओवादी गठबन्धनले २ सय ५६ मत पाएको छ । एमाले १ सय ४९ मत सहित कांग्रेसलाई पछ्याइरहेको छ । त्यस्तै उपाध्यक्षमा माओवादीरका‌ग्रेस गठबन्धनले २ सय ३० , एमाले १ सय ६८ मत पाएको छ । छथर गाउँपालिकामा कांग्रेसले ४ सय ६० र एमालेले ४ सय १५ मत पाएको छ । उपाध्यक्षमा का‌ग्रेसले ४ सय ५६ र एमालेले ४ सय १८ मत ल्याएको छ ।

छथरकै वडा नम्बर १ मा कांग्रेसका बागी उम्मेदवार नुमबहादुर मगर ३ सय ६२ मत सहित वडाध्यक्षमा विजयी हुनुभएको छ । त्यस वठामा बागी उम्मेदवारको प्यानलनै विजयी भएको हो । तेह्रथुममा कुल ६० हजार ७२१ मतदाता मध्य ४२ हजार ८८७ जनाले मतदान गरेका थिए ।

तपाईको प्रतिक्रिया