Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक ०५, २०८१
Monday, October 21, 2024

काठमाडौं – रुपन्देहीको बुटवल उपमहानगरपालिकामा नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ। बिहान मतगणना हुँदादेखि अग्रता लिएको कांग्रेसले १४ सय मत गणना हुँदासम्म अग्रता कायमै राखेको हो ।

आज दिउँसो करिब ५ बजे प्राप्त मत विवरण अनुसार प्रमुख पदमा नेपाली कांग्रेसका उम्मेदवार खेलराज पाण्डेयले ७११ मत ल्याउनु भएको छ । उहलाई नेकपा एमालेका प्रमुख पदका उम्मेदवार शिवराज सुवेदीले ५२८ मत सहित पछ्याइरहनु भएको छ । उपप्रमुखमा भने नेकपा एमालेका उम्मेदवार गोमादेवी आचार्यले ४ सय ९५ मत ल्याएर अग्रस्थानमा रहनु भएको छ ।

त्यस्तै नेपाली कांग्रेससँगको तालमेलमा उपप्रमुखको उम्मेदवार रहेका माओवादी केन्द्रका उम्मेदवार जगतबहादुर पोखरेलले ४६४ मत ल्याउनु भएको छ । अहिले बुटवल उपमहानगरपालिका वडा नम्बर १ को मतगणना भइरहेको छ । स्थानीय तह निर्वाचनमा बुटवल उपमहानगरपालिकामा करिब ५० हजार मतदाताले मतदान गरेका छन् ।

तपाईको प्रतिक्रिया