Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक ०५, २०८१
Monday, October 21, 2024

काठमाडौं – सत्तारुढ नेपाली कांग्रेसले बझाङ र अछाममा एमालेले मतदान केन्द्र कब्जा गरेर एकलौटी मतदान गरेको दाबी गरेको छ । साथै उसले त्यहाँ पुनः मतदान गराउन माग गरेको छ ।

अाज एक विज्ञप्ती जारी गर्दै कांग्रेसले भयरहित वातावरणमा निर्धक्कसँग निर्वाचनमा सहभागी भई आफ्नो मत प्रकट गर्न पाउने नागरिकको अधिकारमाथि एमालेले ठाडो उल्लंघन गरेको आरोप लगाएको छ । बझाङको जयपृथ्वी नगरपनलिका ७ को सुलिपिपलचौर उच्च मा.वि. केन्द्रमा एमाले र अनेरास्ववियुका कार्यकर्ताले नेपाली कांग्रेसका प्रतिनिधिहरुलाई मतदान स्थलमा बस्न नदिई एकलौटी मतदान गरेको कांग्रेसको दाबी छ ।

यस्तै अछामको दुई मतदान केन्द्रमा एमालेले मतदान केन्द्र कब्जा गरेर एकलौटी मतदान गरेको दाबी गरेको छ । चौरपाटी गाउँपालिका वडा नं. ४ को वैधनाथ मा.वि. मतदान केन्द्रमा एमाले कार्यकर्ताले कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ता, मतदाता र उम्मेदवारलाई कुटपिट गरी मतदान स्थलबाट लखेटेको कांग्रेसको दाबी छ । मतदान केन्द्र कब्जा गरेको सुरक्षा निकायलाई समयमै जानकारी गराएता मुकदर्शक बसेको र आममतदातालाई मत खसाल्नबाट वञ्चित गरेको कांग्रेसले बताएको छ ।

यस्तैसाँफेबगर नगरपालिका वडा नं. ६ चन्द्रोदय प्रा.वि. भाग्यश्वर मतदान केन्द्रमा एमाले कार्यकर्ताले कांग्रेस प्रतिनिधिहरुलाई मतदान स्थलमा बस्न नदिई मतदान केन्द्र कब्जामा लिएको दाबी गरेको छ ।

 

तपाईको प्रतिक्रिया