Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक ०५, २०८१
Monday, October 21, 2024

काठमाडौं – मतगणना जारी रहेको पाँचथरको ४ गाउँपालिकामै नेपाली कांग्रेसको अग्रता कायमै छ । नेकपा एमालेको लाल किल्ला भनेर चिनिने जिल्लाको याङवरक, हिलिहाङ, कुम्मायक र तुम्वेवा गाउँपालिकामा विहानैदेखि कांग्रेको अग्रता छ ।

यी स्थानीय तहमा समावेश गरेका साविकका गाविसमा यसअघिको स्थानीय निर्वाचनमा नेकपा एमाले विजयी भएको थियो । याङवरक गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका शेरवहादुर नुगो १५६ मतका साथ अगाडि छन् । उनलाई एमालेका लेखनाथ घिमिरेले १५१ मतका साथ पछ्याइरहेका छन् । माओवादी केन्द्रका भीम मावो २७ मतका तेश्रो स्थानमा छन् । उपाध्यक्ष पदमा भने एमालेको कमला योङहाङ १२९ मतका साथ अगाडि छिन् ।

उनलाई कांग्रेसकी कल्पना कोइरालाले १ सय ८ मतका साथ पछ्याइरहेकी छन् । माओवादी केन्द्रकी इन्दिरा पोख्रेलको भने २२ मत छ । कुम्मायक गाउँपालिका अध्यक्षमा कांग्रेसका बमप्रसाद लावतीले ३ सय ६९ मत प्राप्त गरेका छन् । एमालेका जयवहादुर चेम्जोङको पक्षमा ३ सय २५ मत पाएका छन् । उपाध्यक्षमा एमालेकी सीता आचार्यले ३ सय ६० मत प्राप्त गरेकी छन् । राप्रपाका जितबहादुर अगुवाले २ सय ५३ मतका साथ पछ्याइरहेका छन् । संघीय समाजवादीका सूर्यकिरण राईले ४५ मत प्राप्त गरेका छन् ।

जिल्लाको दक्षिणी क्षेत्रको स्थानीय तह तुम्बेवा गाउँपालिकामा पनि कांग्रेसकै अग्रता छ । कंग्रेसका होमनाथ थापा २ सय ६३ मतका साथ अग्रस्थानमा छन् । उनलाई माओवादी केन्द्रका देवेन्द्र खत्रीले २ सय ४ मतसाथ पछ्याएका छन् । उपाध्यक्ष पदमा एमालेका धन साँवाको ३ सय ६० र राप्रपाका घलेन्द्रबहादुर कुरुम्बाङको २ सय ५३ मत पाएका छन् । हिलिहाङ गाउँपालिकामा अग्रता लिएका कांग्रेसका अध्यक्षका उम्मेदवार समरबहादुर अधिकारीको १ सय ३५ मत छ । एमालेका भुवानीप्रसाद लिङदेनको ५० मत छ । माओवादी केन्द्रका रविन तिम्सिनाको ९ मत मात्रै छ ।

उपाध्यक्ष पदमा भने कांग्रेसकी ताराकुमारी योङहाङ र एमालेकी सुमित्रा सेढाईको समान ७५ मत छ । माओवादी केन्द्रकी एलिसा वाग्लेको ४४ मत छ । जिल्लाको फिदिम नगरपालिका र फाल्गुनन्द गाउँपालिकामा पनि मतगणना जारी नै छ तर मतपरिणाम सार्वजनिक भएको छैन । मिक्लाजुङ र फालेलुङ गाउँपालिकामा भने मतगणना सुरु भएको छैन ।

तपाईको प्रतिक्रिया