Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक ०५, २०८१
Monday, October 21, 2024

काठमाडौं – दोस्रो चरणको निर्वाचन सम्पन्न ३ सय ३४ स्थानीय तहमध्ये अधिकांश स्थानीय तहमा मतगणना भईरहेको छ । हालसम्म मतगणना सार्वजनिक भएका ८० स्थानको प्रारम्भिक मतपरिणम अनुसार ३६ स्थानमा कांग्रेसले अग्रता लिएको छ । यस्तै एमालेले २३, माओवादीले १४ तथा फोरम लोकतान्त्रिकले २ स्थानमा अग्रता कामय राखेको छ भने राप्रपाले पनि एक स्थानमा अग्रता लिएको छ ।

यता संघीय समाजबादीले दुई स्थानमा अग्रता लिएको छ भने धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उमेदावर गोपाल हमालले अग्रता लिएका छन् । प्रदेश नं १ मा कांग्रेसले भोजपुर नगरपालिका १७८ मतसहित अग्रता सुरु गरेको छ भने एमाले १०६ मतसहित दोस्रो स्थानमा छ । भोजपुरकै रामप्रसाद राई गाउँपालिकामा एमालेले अग्रता लिएको छ ।

त्यस्तै एमालेले झापाको कनकाइ नगरपालिकामा २३६ मतसहित अरता लिएको छ भने कांग्रेसले १२३ मत प्राप्त गरेको छ । तेह्रथुमको लालीगुँरास एमालेले नै अग्रता लिएको छ । सोलुखुम्बुको सोताङ गाउँपालिकामा कांग्रेसले ३०६ मतसहित अग्रता लिएको छ भने १७५ मत ल्याएको एमालेले पछ्याइरहेको छ ।

प्रदेश नं ५ अन्तर्गतको बुटवलमा प्रारम्भिक मतपरिणाममा कांग्रेसले २०२ र एमालेले १३४ मत प्राप्त गरेको छ । प्रदेश ७ अन्तर्गतकोऊ बडिमालिका नगरपालिकामा नेपाली कांग्रेसले ७७७ मतसहित अग्रता लिएको छ । एमालेले ५२७ मत ल्याउँदै पछ्याइरहेको छ ।

बाजुराको छेडदह गाउँपालिकामा ६२७ मतसहित एमालेले अग्रता लिइरहेको छ भने कांग्रेसले ५०५ मत प्राप्त गरेको छ । बाजुराको गौमुल गाउँपालिकामा कांग्रेसले २८३ मत ल्याएको छ भने एमालेले २७९ मत ल्याएको छ ।

लोकतान्त्रिक फोरमले कैलालीको टीकापुरमा १००० को मतगणना हुँदा ३७८ मत ल्याएको छ भने कांग्रेसले २०० मत ल्याएको छ । त्यस्तै अन्य दुई ठाउँमा समेत लोकतान्त्रिकले अग्रता लिएको हो।

तपाईको प्रतिक्रिया