Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक ०५, २०८१
Monday, October 21, 2024

बैतडी – बैतडीको पुरचौंडी नगरपालिका–१ मा नेपाली कांग्रेस प्यानलसहित विजयी भएको छ । वडा नं १ मा नेपाली कांग्रेसका गणेशबहादुर गडाल ४२९ मत ल्याएर प्यानलसहित विजयी हुनु भएको हो ।

उहाँका निकटतम प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका जनकबहादुर धानुकले ३६० मत ल्याउनुभयो । दलित महिला सदस्यमा नेपाली कांग्रेसका राधिका ओडले ४२६, महिला सदस्यमा विन्देश्वरी जोशीले ३८१, खुल्ला सदस्यमा नेपाली कांग्रेसकै जगतसिंह भण्डारी ४११ र हिक्मत जागरीले ४२४ मत ल्याएर विजयी हुनुभयो ।

पुरचौडी नगरपालिकाको वडा नं १ को मतगणना सकिएपछि अहिले वडा नं १० को मतगणना भइरहेको छ । पुरचौडी नगरपालिकाको मेयर र उपमेयरमा पनि कांग्रेसकै अग्रता छ ।

मेयरमा कांग्रेसका दीपकबहादुर बमले ४५९, नेकपा माओवादी केन्द्रका रणबहादुर कुँवरले २८३, नेकपा एमालेका कर्णबहादुर कुँवरले १०९  मत ल्याउनुभएको छ । यसैगरी उपमेयरमा कांग्रेसका उत्तरा नेपाल सार्कीले ३८१, एमालेका जानकी साउदले ६८ र नेकपा माओवादी केन्द्रका जानकी ऐर बमले ३६४ मत ल्याउनुभएको छ ।

तपाईको प्रतिक्रिया