Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक ०५, २०८१
Monday, October 21, 2024

काठमाडौं– निर्वाचन आयोगले बुधबार सम्पन्न स्थानीय तह दोस्रो चरणको निर्वाचनमा ७३.६९ प्रतिशत मतदान भएको जनाएको छ। प्रारम्भिक रुपमा ७०.५ प्रतिशत मतदान भएको विवरण सार्वजनिक गरेको आयोगले बिहीबार बिहान नयाँ विवरण सार्वजनिक गरेको हो।

प्रदेश १, ५ र ७ मा बुधबार स्थानीय निर्वाचन सम्पन्न भएको थियो।  आयोगका अनुसार प्रदेश नम्बर १ मा ७२.४९ प्रतिशत, प्रदेश ५ मा ७५.३४ प्रतिशत र प्रदेश ७ मा ७३.०५ प्रतिशत मतदान भएको छ।

आयोगका अनुसार ३३४ स्थानीय तहमध्ये अहिले बिहान ९ः३० बजेसम्म १६८ स्थानीय तहमा मतगणना शुरु भएको छ। प्रदेश १ का १३७ स्थानीय तहमध्ये १०८, प्रदेश ५ का १०९ स्थानीय तहमध्ये ३४ र प्रदेश ७ का ८८ स्थानीय तहमध्ये २६ स्थानीय तहमा मतगणना भइरहेको छ।

तपाईको प्रतिक्रिया