रारा तिमि कति राम्री कति रैछेउ सुन्दरी ।
तिम्रो छेउ नभै के रुच्थ्योउ र मलाई सुशी र तन्दुरी ।।
तिम्रै छेउमा माछा पुच्छर के के बर्णन गरूँ म ।
कुद्दा रैछन मृग पनि एकै छिन त लठ्ठै परें म ।।
दाँया बायाँ रातोगुरासं तिम्रै ललाट लामाचौर ।
तिम्रो वक्षस्थलमा डुबुल्की मार्ने एउटै रहर फेवा ताल ।।
पूर्व तिम्रै छायाँ क्षेत्र, पश्चिम पर्ने बाजुरा ।
दक्षिण तिम्रो आफ्नै माइती, उत्तर रैछ मानसरोवर ।।
रारा तिमी कति राम्री कति रैछेउ सुन्दरी ।
तिमीलाई हेर्न नआउनेलाई खै म के भनौ र पागल सरि ।।
बर्णन तिम्रो म कति गरौं जति गरेनी नपुग्ने ।
फेरी आउछु तिमीलाई भेट्न कुरी बस्नु है अर्को समर ।।
नेपाल कै ठुली रैछौ एउटै तिमी रारा ताल ।
हामी सबका गौरब राख्ने तिम्रै रैछ माया जाल ।।
यती राम्री रैछौ भन्ने मलाइ कहाँ थाहा थियो र ।
थाहा भए त पठाउथे नि हेर्न बर्षेनी साथी हजार ।।
लेखिएको रैछ आजै तिमीलाई भेट्नु यो दिल मा ।
बस है फेरी आउँछु तिमीलाई भेट्न हरेक बर्ष बारम्बार ।।
गृष्मा पौड्याल -टोक्यो, जापान