आइतबार, बैशाख २३, २०८१
Sunday, May 5, 2024

काठमाडौं – डिआइजी नवराज सिलवालले सर्वोच्च अदालतमा पेस गरेको कार्यसम्पादन मूल्यांकन फारम नक्कली भएको निष्कर्ष प्रहरी छानविन समितिले निकालेको छ । प्रहरी महानिरीक्षकमा प्रकाश अर्याललाई नियुक्त गर्ने सरकारको निर्णयलाई चुनौती दिदै सिलवालले सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।

रिटसंगै पेस गरेको कार्यसम्पादन मूल्यांकन फारम नक्कली भएको छानविन समितिको ठहर छ । सरकारले कार्यसम्पादन मूल्यांकनमा अर्यालको १ सय ५४ दरमलव २ र सिलवालको १ सय ५२ दशमलव ४६ अंक आएको भन्दै अर्याललाई सरकारले चैत २८ मा आइजीपी नियुक्त गरेको थियो ।

२९ गते सिलवालले आफ्नो कार्यसम्पादन मूल्यांकन ‘छेडछाड’ गरेर अर्याललाई बढी नम्बर दिइएको दाबीसहित सर्वोच्चमा रिट हाल्नुभएको थियो । उहाँले निबेदनसँगै अर्याल र आफ्नो कार्यसम्पादन मूल्यांकन फारामसमेत बुझाउनुभएको थियो ।

उहाँले चार बर्षको कार्यसम्पादनमा आफ्नो २ सय ६३ र अर्यालको २ सय ६२ नम्बर रहेको दाबी गर्नुभएको थियो। उहाँले कार्यसम्पादन फाराम अनलाईनबाट लिएको र ‘रिफ्रेन्स’का रुपमा निवेदनसहित राखेको बताउँदै आउनुभएको छ ।

 

तपाईको प्रतिक्रिया