शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

एजेन्सी – रोबोटले आफै गीत गाउँछ भनेको सुन्दा तपाइलाईं विश्वास नलाग्न सक्छ । तर जापानको एक विश्वविद्यालयका वैज्ञानिकले उक्त रोबर्टको विकास गरेका छन् ।japan-robet

ओसाका विश्वविद्यालयका वैज्ञानिक तथा अनुसन्धानकर्ताले विश्वकै पहिलो आफै चल्न सक्ने र गीत गाउन सक्ने ह्युमनोइड रोबोटको विकास गरेका हुन् । ‘अल्टर’ नाम दिइएको उक्त रोबोटमा इलेक्ट्रोनिक सेन्सरको प्रयोग गरिएको छ जसले मानव दिमागको सञ्जालको झल्को समेत दिन्छ ।

यो सेन्सरको मद्दतबाट अल्टरले आफ्नो हात, टाउको, अनुहारको हाउभाउलगायतका हरेक चाललाई स्वयम् नियन्त्रण गर्दछ । मानिसले जस्तै हातहरूलाई हल्लाउँदै गीत गाउन सक्नु यसको अचम्मको यसको अर्को विशेषता छ ।

यसका अनुहार र हात समेत मानिसका जस्तै देखिन्छन् । रोबोटमा मानव गुणहरू समावेश गर्ने क्रममा वैज्ञानिकहरू लागि परिरहेको सन्दर्भमा यो रोबोटको विकासलाई नौलो ढङ्गबाट हेरिएको छ ।

भिडियो : 

तपाईको प्रतिक्रिया