Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन ०३, २०८१
Thursday, September 19, 2024

काठमाडौँ – पुष्पकमल दाहाल नेतृत्वको मन्त्रिपरिषदको पहिलो बैठकले भूकम्पपीडितलाई घर बनाउन ४५ दिनभित्र पहिलो किस्ता दिइसक्ने र बाढीपहिरो पीडितलाई राहत दिनेलगायत निर्णय गरेको छ ।

मन्त्रिपरिषदले सशस्त्र द्वन्द्वका क्रममा मारिएका व्यक्तिका परिवार, द्वन्द्वपीडित र वेपत्ता व्यक्तिका परिवारलाई २र२ लाख रुपैया दिने भनी यसअघि भएको निर्णयलाई कार्यान्वयन गर्ने र बाढी पहिरोमा परी मरेका व्यक्तिका परिवारलाई एक लाखका दरले राहत दिने निर्णय गरेको आजको कान्तिपुर दैनिकमा खबर छ । प्रधानमन्त्री दाहालले भूकम्पपीडितलाई अनुदानको पहिलो किस्ता ४५ दिनभित्र उपलब्ध गराउनेसहित ४ बुँदे निर्देशनमा हस्ताक्षर गरेर कार्यप्रारम्भ गर्नुभएको थियो ।

त्यसको पहिलो बुँदामा गरिब घरपरिबार पहिचान गरी सम्वृद्धिको कार्यक्रम ल्याउने उल्लेख छ । दोस्रोमा भूकम्पपीडितलाई राहत र पुननिर्माणबारे उल्लेख छ । त्यस्तै, देशभरका प्राथमिक स्वास्थ्य केन्द्रहरूमा ३ महिनाभित्र चिकित्सक पठाइसक्ने र मुलुकभरका दलित र कर्णालीका नवजात शिशुको जन्मदर्ताका लागि म्यादभित्र आउने परिवारलाई प्रोत्साहन स्वरूप एक हजार रुपैया उपलब्ध गराउने त्यसमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया