Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन ०३, २०८१
Thursday, September 19, 2024

cabinatr

काठमाडौं—नवनिर्वा्चित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीका ३ जना र सत्ता गठबन्धनको प्रमुख साझेदार नेपाली कांग्रेसका २ जना मन्त्रीहरु लिएर सानो आकारको ‘क्याबिनेट’ गठन गर्नुभएको छ । हिजो संसदबाट नेपालको ३९ औं प्रधानमन्त्रीमा निर्वा्चित भएका दाहालसँगै उहाँको क्याबिनेटका ५ जना मन्त्रीहरुलाई आज राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ ग्रहण गराउनुभएको छ ।

दाहालको क्याबिनेटका ५ मन्त्रीमध्ये ३ जना पूराना अनुहार हुन् भने दुई जना नयाँ अनुहार रहेका छन् । विमलेन्द्र निधि उपप्रधान तथा गृह मन्त्री बन्नुभएको छ । उहाँ कांग्रेसको तर्फबाट नेतृत्व सरकारमा गर्दै दाहाल नेतृत्वको सरकारमा सहभागी हुनुएको हो ।

यस्तै विवादमा तानिएका माओवादी नेता कृष्णबहादुर महराले पनि उपप्रधानसहित अर्थ मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ । पूर्व श्रममन्त्री रमेश लेखकले भौतिक योजना मन्त्रालयको बागडोर सम्हाल्नुभएको छ । माओवादीको तर्फबाट दाहालको क्याबिनेटमा मन्त्री बनेका गौरीशंकर चौधरी र दलजित श्रीपाइली पूर्व लडाकू कमाण्डर हुन् ।

दाहाल नेतृत्वको क्याबिनेटको अनुहार यस्तो छ

१. विमलेन्द्र निधि, उपप्रधान तथा गृहमन्त्री
गृहमन्त्रीका रुपमा सपथ ग्रहण गरेका विमलेन्द्र निधि २०१३ साल असोज १० गते धनुषाको नगराईनमा जन्मिनुभएको हो । नेपाली कांग्रेसमा मधेशमा विपी विश्वासपात्र मानिने पुराना नेता महेन्द्रनारायण निधिका छोरा हुनुहुन्छ । निधिले वि.सं. २०२६ सालदेखि राजनीति सुरु गर्नुभएको हो । उहाँ नेपाली कांग्रेसको भातृ संगठन नेविसंघको राजनीतिक पृष्ठभूमीबाट आउनुभएको हो ।

सामान्य प्रशासन मन्त्री, उद्योग तथा वाणिज्य मन्त्री, शिक्षा तथा खेलकुद मन्त्रीजस्ता मन्त्रालय कार्यभार सम्हालेपनि निधिको छवि धुमिल छ । उहाँ स्व. सुशील कोइराला नेतृत्वको सरकारमा भौतिक योजना तथा निर्माण मन्त्री हुँदा भारतको प्रभावमा परेर ‘फास्ट ट्रयाक’ राष्ट्रहित विपरित भारतीय कम्पनीलाई दिन कम्मर कसेर लाग्नुभएको थियो, जसका कारण निधिलाई भारतपरस्तको आरोप लागेको थियो ।

निधिले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गर्नुभएको छ । निधि २०६४ तथा २०७० को संविधानसभा निर्वाचनमा धनुषा क्षेत्र नम्बर ३ प्रत्यक्षतर्फ निर्वाचित हुनुभएको थियो ।

२. कृष्णबहादुर महरा ‘अमरसिंह’, उपप्रधान तथा अर्थमन्त्री
प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को क्याबिनेटका रहने भनिएका दुई उपप्रधानमन्त्रीमध्येका एक —उपप्रधान तथा अर्थमन्त्रीका रुपमा सपथ लिएका कृष्णबहादुर महरा । रोल्पाका स्थायी बासिन्दा महरा । २०४८ सालमै रोल्पा—२ मा मशालबाट चुनाव लडेर उहाँले सांसद जित्नुभएको थियो ।
५८ वर्षीय महरा २०६४ सालमा भने दाङ—३ बाट संविधान सभामा विजयी हुनुभएको थियो । दोस्रो संविधानसभा निर्वाचनमा भने उहाँ रोल्पा १ बाट विजयी हुनुभयो । महराले यसअघि उपप्रधान तथा गृहमन्त्री र सूचना तथा संचारमन्त्रीको कार्यभार समेत सम्हालिसक्नुभएको छ ।

३. रमेश लेखक, भौतिक योजना तथा निर्माणमन्त्री
दाहाल क्याबिनेटमा भौतिक योजना तथा निर्माण मन्त्रालयजस्तो प्रभावशाली मन्त्रायलको जिम्मेवारी पाउने भाग्यमानी नेता—रमेश लेखक । सुदूरपश्चिमको कञ्चनपुरका लेखक कांग्रेस सभापति देउवाका विश्वासपात्र मानिनुहुन्छ ।
वकालत पृष्ठभूमीका लेखक २०४७ सालदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहनुभएको छ । उहाँ वि.सं. २०५६ सालमा संसदीय निर्वाचनमा कञ्चनपुर ३ बाट सांसद सांसद बन्नुभएको थियो । संविधान दोस्रो निर्वाचनमा उनले कञ्चनपुर४ बाट विजय हासिल गर्नुभएको थियो ।
त्रिभुवन विश्वविद्यालयबाट उहाँले कानुनमा स्नातक र राजनीतिकशास्त्रमा स्नाकोत्तर गर्नुभएको छ ।

४. गौरी शंकर चौधरी ‘तारा’, कृषिमन्त्री
दोस्रो संविधासभामा कैलाली ४ बाट प्रत्यक्षतर्फ निर्वा्चित भएका सभासद—गौरी शंकर चौधरी । सुदूरपश्चिम तथा थारु समुदायको प्रतिनिधी भएका कारण पनि गौरीशंकर दाहाल क्याबिनेटमा मन्त्रीका रुपमा प्रवेश पाउनुभएको हो । ३४ वर्षीय गौरी शंकरले कृषि मन्त्रीको पद पाउनुभएको हो । ’तारा’ उपनामले चिनिने उहाँ माओवादीको लडाकू विरासत बोकेका युवा सभासद हुनुहुन्छ । थारु र सुदूरपश्चिमलाई समेट्नुपर्ने आवाजलाई सम्बोधन गर्न माओवादी केन्द्र यी दुवै आवाजलाई निस्तेज पार्नका लागि पनि गौरीशंकरलाई मन्त्री बनाएको हो ।

५. दलजित वि.क. श्रीपाइली ‘प्रशान्त’, युवा तथा खेलकुदमन्त्री
रुकुममा माओवादी नेता —दलजित वि.क. श्रीपाइली ‘प्रशान्त’ । कुनै समय माओवादी सेनाको कमिसारका रुपमा कार्यरत उहाँ पछि कमाण्डर हुनुभएको थियो ।
शान्ति प्रक्रियामा आउँदा दलजित ब्रिगेड कमाण्डर हुनुहुन्थ्यो । रुकुमका श्रीपाइली दलित कोटाबाट मन्त्री बन्नुभएको हो ।
प्रचण्ड क्याबिनेटमा उहाँले युवा तथा खेलकुद मन्त्रालयको कार्यभार सम्हाल्नुहुनेछ ।

तपाईको प्रतिक्रिया