Deneme Bonusu Veren Siteler
शुक्रबार, पौष १२, २०८१
Friday, December 27, 2024

काठमाडौं  – राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले तीन जना मन्त्रीलाई पद तथा गोपनियताको सपथ गराउनुभएको छ ।

माओवादी केन्द्रका नेता गौरीशंकर थारुले कृषि, दलजित श्रीपाइलीले युवा तथा खेलकुद मन्त्री र कांग्रेसका नेता रमेश लेखकले भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको सपथ लिनुभएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल र उपप्रधानमन्त्रीहरु बिमलेन्द्र निधी र कृष्णबहादुर महरालाई सपथ गराएपछि राष्ट्रपति भण्डारीले मन्त्रीहरुलाई सपथ गराउनुभएको हो ।

कार्यक्रममा उपराष्ट्रपति, निवर्तमान प्रधानमन्त्री, सभामुख, पूर्व प्रधानमन्त्रीहरु, विभिन्न दलका नेता, कुटनीतिक नियोगका प्रमुखलगायत विशिष्ट व्यक्तिको उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया