Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

टोकियो – रियो ओलम्पिक शुक्रबारदेखि ब्राजिलमा सुरु हुँदैछ । ब्राजिलको पर्यटकीय शहर रियो दि जेनेरियोस्थित चर्चित मराकाना रंगशालामा एक भव्य समारोहबीच ग्रीष्मकालिन ओलम्पिक सुरु हुँदैछ । ओलम्पिकको यो संस्करणमा विश्वका २ सय ८ राष्ट्रका झण्डै ११ हजार खेलाडी सहभागी हुँदैछन् ।

japan

रियो ओलम्पिकका लागि खेलाडीहरु ब्राजिल पुग्ने क्रम जारी रहँदा चार वर्षपछि जापानमा हुने टोकियो ओलम्पिकको रणनीतिक तयारी समेत सुरु गरिएको छ । रियो ओलम्पिकको औपचारिक सुरुवात हुनुभन्दा दुई दिन अघि ब्राजिलमै बसेको अन्तर्रा्ष्ट्रिय ओलम्पिक कमिटिको बैठकले चार वर्षपछि टोकियोमा हुने ओलम्पिकका लागि ५ वटा नयाँ खेल थप्ने निर्णय गरेको हो ।

यसरी थपिने खेलहरुमा कराते, सर्फीङ, स्केटबोर्डिङ, स्पोर्ट्स क्लाइम्बिङ र सफट्बल वा बेसमलमध्ये एक हुनेछन् । यी खेललाई ओलम्पिकमा प्रवेश दिन यसअघि नै सहमति भए पनि औपचारिक निर्णय भने गरिएको थिएन । यी ५ वटा नयाँ खेल थपिए पनि टोकियो ओलम्पिकका लागि यसअघि तय गरिएका २८ खेल घटाईनेछैन ।

तपाईको प्रतिक्रिया