Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन ०३, २०८१
Thursday, September 19, 2024

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहालले आफू विरुद्ध नारा लगाइ प्रदर्शन गरेको आरोपमा पक्राउ परेका श्याम खत्रीलाई तत्काल छाड्न नेपाल प्रहरीलाई आग्रह गर्नुभएको छ ।

प्रधानमन्त्री निर्वाचित भएलगत्तै बुधवार साँझ अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारीले माइतीघर मण्डलामा आयोजना गरेको एक कार्यक्रममा अर्धनग्न रूपमा प्रदर्शन गरेका खत्रीलाई प्रहरीले पक्राउ गरेको थियो । प्रधानमन्त्री दाहालका तर्फबाट उहाँका पुत्र प्रकाश दाहालले प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याललाई आज टेलिफोन गरी पक्राउ परेका खत्रीलाई छाडिदिन आग्रह गर्नुभएको हो ।

‘लोकतन्त्रमा शान्तिपूर्ण विरोध प्रदर्शन गर्नु नागरिकको मौलिक अधिकार भएकाले त्यसैको आधारमा पक्राउ गर्नु न्याय सङ्गत हुन नसक्ने भएकाले खत्रीलाई छाडिदिन प्रधानमन्त्रीले आग्रह गर्नुभयो । मैले सोही आधारमा प्रहरी महानिरीक्षकसँग कुरा गरे’ प्रधानमन्त्री पुत्र दाहालले भन्नुभयो ।

प्रहरीले पक्राउ परेका खत्रीलाई आजै छाड्ने जनाएको छ ।

तपाईको प्रतिक्रिया