Deneme Bonusu Veren Siteler
शुक्रबार, पौष १२, २०८१
Friday, December 27, 2024

काठमाडौँ – नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज पद तथा गोपनियताको सपथ लिदैँ हुनुहुन्छ ।

राष्ट्रपति विद्या भण्डारीले मुलुकको ३९औं प्रधानमन्त्री पुष्पकमल दाहाललाई आज पद तथा गोपनियताको सपथ दिलाउने कार्यक्रम छ । अपराह्न ३ बजे हुने सपथ समारोहका लागि राष्ट्रपति कार्यालय शीतल निवासमा भव्य समारोहको तयारी गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।3

प्रधानमन्त्रीका रूपमा दाहालले सपथ लिएलगत्तै केही मन्त्रीले पनि सपथ लिने कार्यक्रम तय गरिएको छ । सत्ता गठबन्धन दल नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबीच मन्त्रालय बाँडफाँडको टुंगो लागि नसकेकाले आज सानो आकारको मन्त्रिमण्डल बन्ने बताइएको छ ।

अहिलेसम्म प्रधानमन्त्रीसँग अर्थ र काँग्रेससँग उपप्रधानसहित गृह मन्त्रालय रहने मात्र समझदारी बनेको छ ।

सपथ ग्रहणपछि सिंहदरबारमा पुगेर कार्यभार ग्रहण गर्नुपूर्व उनी लैनचौर, चम्पादेवी र पेरिसडाँडा जाने कार्यक्रम छ । प्रधानमन्त्रीले लैनचौरमा पुगेर शहीदहरुको सालिकमा माल्यार्पण गर्नुहुनेछ त्यसपछि उनले चम्पादेवीमा पुगेर कम्युनिस्ट पार्टीका संस्थापक नेता पुष्पलालको प्रतिमामा माल्यार्पण गर्ने छन् ।

चम्पादेवीबाट प्रचण्डले माओवादी पार्टी कार्यालय पेरिसडाँडामा पुगेर त्यहाँ रहेको शहीद स्तम्भमा पुष्पगुच्छा अर्पण गर्नुहुनेछ । त्यसपछि प्रधानमन्त्री प्रचण्डले सिंहदरबार पुगेर प्रधानमन्त्रीको पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ ।

तपाईको प्रतिक्रिया