Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन ०३, २०८१
Thursday, September 19, 2024

काठमाडौँ – सत्तासाझेदार दल नेपाली काँग्रेस र माओवादी केन्द्र मन्त्रीको नाम टुंग्याउन आन्तरिक छलफलमा लागेका छन् । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीमा निर्वाचित  भएसँगै सरकारमा सहभागी अन्य मन्त्रीको टुंगो लगाउन माओवादी केन्द्रको हेडक्वार्टर बैठक बसिरहेको छ । prachanda-sherbahadur

पहिलो चरणमा पार्टीबाट सरकारमा सहभागी मन्त्री हुनेमा कृष्णबहादुर महरा, जनार्दन शर्मा, राम कार्की, हितराज पाण्डे, प्रभु साहलगायतको नाम चर्चामा छ । महरालाई उपप्रधानसहित अर्थ मन्त्रालयको जिम्मेवारी दिने प्रधानमन्त्री दाहालको तयारी रहेको बुझिएको छ । यस्तै काँग्रेस पनि मन्त्री छान्न आन्तरिक छलफलमा लागेको हो । काँग्रेसमा शेरबहादुर देउवा र रामचन्द्र पौडेल पक्षबीच विवाद बढेपछि छुट्टा छुट्टै बैठक बसिररहेको छ ।

पौडेल पक्षले कम्तीमा ४० प्रतिशत दाबी गर्दै आएको छ । काँग्रेसबाट विमलेन्द्र निधिले नेतृत्व गरेर सरकारमा जाने लगभग पक्कापक्की रहेको स्रोतको दाबी छ । यसबाहेक मन्त्रीहरुमा गोपालमान श्रेष्ठ, शेखर कोइराला, ज्ञानेन्द्र बहादुर कार्की, रमेश लेखक, धनराज गुरुङ, नविन्द्रराज जोशी, शंकर भण्डारी, गगन थापा लगायतको चर्चा छ ।

गठबन्धन सरकारमा काँग्रेसले १३ र माओवादीले ९ मन्त्रालय लिने गरी भागबन्डा मिलाएका छन् ।

तपाईको प्रतिक्रिया