Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन ०३, २०८१
Thursday, September 19, 2024

काठमाडौँ – गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) ले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेपालको नयाँ प्रधानमन्त्रीमा निर्वाचित हुनुभएकामा बधाई ज्ञापन गरेको छ ।

एनआरएनएका अध्यक्ष शेष घलेले एक बधाई सन्देश जारी गरी उहाँको कार्यकालमा भूकम्पपछिको पुनःनिर्माणले गति पाउने र संविधानको सफल कार्यान्वयन भई मुलुकमा स्थायित्व र आर्थिक समृद्धि हुनेमा गैर आवासीय नेपाली आशावादी रहेको बताउनुभएको छ ।

उहाँले राष्ट्र पुनःनिर्माण र आर्थिक समृद्धिका लागि सरकारसँग सदा झैँ हातेमालो गरेर अघि बढ्न गैर आवासीय नेपाली तत्पर र अग्रसर रहने विश्वास दिलाउनुभएको छ । अध्यक्ष घलेले भूकम्प, नाकाबन्दी र लामो समयको राजनीतिक आन्दोलनका कारण जोखिममा रहेको अर्थव्यवस्था सुदृढ गर्न र मुलुकलाई समृद्धिको मार्गतर्फ अग्रसर बनाउन प्रधानमन्त्री दाहालको कार्यकाल सफल होस् भनी कामना पनि गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया