Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन ०३, २०८१
Thursday, September 19, 2024

1470237260619_RG_Bhaktapur_160803_K.P. Oli (3)काठमाडौँ – निवर्तमान प्रधानमन्त्री केपी ओली बुधवारदेखि बालकोटस्थित निजी निवास सर्नुभएको छ ।

बिहान पौने ११ बजे बालुवाटारस्थित सरकारी निवासबाट निस्किएका ओली संसद् बैठकपछि अपराह्न ४ बजे सिधै बालकोट लागे । ‘नवनिर्वाचित प्रधानमन्त्रीलाई सरकारी निवासमा सर्न उपयुक्त वातावरण निर्माण होस् भन्ने उद्देश्यले प्रधानमन्त्रीज्यू बुधबारै निजी निवास बालकोट सर्नुभएको हो,’ ओलीका प्रेस सल्लाहकार प्रमोद दाहालले भन्नुभयो । आजको नयाँ पत्रिका देनिकमा समाचार छ ।

२४ असोजमा प्रधानमन्त्रीमा निर्वा्चित ओलीले ९ साउनमा पदबाट राजीनामा दिनुभएको थियो । प्रधानमन्त्रीका रूपमा बिताएका नौ महिना २५ दिनमध्ये उहाँ १० दिन कामचलाउको जिम्मेवारीमा रहनुभयो । व्यवस्थापिका–संसद् बैठकमा भाग लिन प्रधानमन्त्री केपी ओली बालुवाटारबाट पौने ११ बजे बाहिरिनुभएको थियो । त्यसअघि ओलीले सचिवालयको हातामा पिपलको बिरुवा रोप्नुभएको थियो ।

केहीबेर ओलीले सुरक्षाकर्मी, सचिवालयका कर्मचारी र सहयोगीसँग छुट्टाछुट्टै भेटेर सहयोगका लागि धन्यवाद दिनुभयो । ११ बजे बोलाइएको संसद् बैठक ढिलो सुरु भएकाले उनले दुई घण्टा संसद् भवनस्थित आफ्नै च्याम्बरमा पार्टीका सभासद्हरूसँग भेटघाट र छलफल गरेर बिताउनुभयो ।

13बालकोटसम्म पैदल र र्‍याली संसद् भवनबाट सञ्चारकर्मीलाई कुनै प्रतिक्रिया नदिई बाहिरिएका प्रधानमन्त्री ओलीलाई मीनभवनमा युवा सङ्घ र अनेरास्ववियुका कार्यकर्ताले स्वागत गरेका थिए ।

‘आइएम विथ केपी ओली’ लेखेको ब्यानर बोकेका समर्थकले ‘राजनेता केपी ओली हाई–हाई’ जस्ता नारा लगाएका थिए ।

तपाईको प्रतिक्रिया