Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन ०३, २०८१
Thursday, September 19, 2024

Nf 1टोकियो – एनआरएनए जापानले बुधवार एक पत्रकार सम्मेलनको आयोजना गरी यसैसाता टोकियोमा हुन लागेको दुई दिवसीय नेपाल फेस्टिवलको तयारी बारे जानकारी गराएको छ ।

कार्यक्रम संयोजक समेत रहेका एनआरएन जापानका अध्यक्ष सुदन थापाले नेपालको पर्यटन प्रबर्द्धन गरी जतिसक्दो जापानी पर्यटकहरुलाई नेपाल भित्र्याउन सके मात्र नेपाल फेस्टिवलको औचित्य साबित हुने बताए । नेपाल र नेपालीको प्रतिष्ठाको बिषय बनेको नेपाल फेस्टिवललाई सफल पार्न जापानको सिंगो नेपाली समुदायको रचनात्मक सहयोगको आवश्यक रहेको बताउँदै थापाले नेपाल जापान कूटनीतिक सम्बन्धको ६० औं बर्षगांठ पनि परेकोले यो वर्षको फेस्टिवल बिशेष हुने दावी गरे । उनले ‘अतिथि देवो भव’ भन्ने मुलनाराका साथ हुने यस वर्षको फेस्टिवलमा नेपाललाई चिनाउने सामाग्रीहरुको भिडियो प्रदर्शनी गरिने, बिभिन्न जातजातिका साँस्कृतिक झाँकी, लोकभजन, नौमती बाजा, मौलिक नेपाली सँस्कृति झल्काउने साँस्कृतिक कार्यक्रम, नेपाली ढाकाटोपी बितरण लगायतका थप र नौला कार्यक्रमहरु रहने जानकारी दिए ।

उनले नेपाल जापान कूटनीतिक सम्बन्धको ६० औं वर्ष गांठ पनि परेको यो वर्षको फेस्टिवललाई बिशेष बनाउन दुवै राष्ट्रका उच्चाधिकारीहरुलाई सहभागि गराउने योजना रहेको भए पनि विविध कारणवश सहभागिता गराउन नसकिएको खुलासा गरे । यसका लागि नेपाली दूतावासबाट आवश्यक पहल हुन नसकेको भन्दै गुनासो ब्यक्त गरे ।

यसअघि बिभिन्न उपसमितिका संयोजकहरुले आ-आफ्नो बिभागिय जिम्मेवारीको कार्यप्रगति बारे रिपोर्टिङ गरेका थिए । सो अवसरमा हालसम्म २२ वटा रेष्टुरेन्ट र ३० वटा अन्य पसलजन्य स्टलहरु बुकिङ भईसकेको, फेस्टिवल शनिबार बिहान १० बजे शुरु भई १२ बजे उदघाटन समारोह हुने र साँझ ६ बजेसम्म स्टेजको साँगीतिक कार्यक्रम चल्ने जनाकारी दिईयो ।

आउँदो शनिबार र आइतवार टोकियोको मुटु मानिने योयोगी पार्कमा दुई दिवसीय फेस्टिवल हुन लागेको हो । फेस्टिवलमा जापानका लागि कार्यबाहक नेपाली राजदूत कृष्णचन्द्र अर्यालको प्रमुख आतिथ्यता रहने र जापानका परराष्ट्र मन्त्रालयका दक्षिण पश्चिम एशिया हेर्ने अधिकारी आरियोशी ताकाशी, नेपालका लागि पूर्व जापानी राजदूतहरु, एनआरएन आइसीसीका उपाध्यक्ष भवन भट्ट लगायतका बिशेष ब्यक्तित्वहरुको आतिथ्यता रहने जानकारी गराईयो ।
कार्यक्रममा अन्य सहभागीहरुले नेपाल फेस्टिवलको अन्तिम लक्ष भनेको पर्यटन प्रबर्द्धन नै भएकोले फेस्टिवल जापानी समुदायप्रति लक्षित हुनुपर्ने सुझाव दिएका थिए ।

फेस्टिवलमा रहने स्टलका लागि टेन्टहरु लगाउन बिहीबार र शुक्रवार बिहान १० बजेदेखि साँझ ६ बजेसम्म स्वयमसेवकहरु परिचालन गरिने र त्यसका लागि थप स्वयमसेवकको आवश्यकता परेकोले ईच्छुकहरु योयोगी पार्कमा उपस्थित भई सहयोग गर्न अपिल गरियो ।

सो अवसरमा बिभिन्न संघसंस्थाका प्रतिनिधि, ब्यवसायी, पत्रकार, बिद्यार्थी लगायत सर्बसाधारणको सहभागिता रहेको थियो । जापानमा रहेका क्रियाशील संघसंस्थाहरुको सहकार्य र एनआरएन जापानको आयोजनामा यस वर्षको नेपाल फेस्टिवल हुन लागेको हो । *** NF 6 NF 3 NF 2 Nf 1

तपाईको प्रतिक्रिया