Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन ०३, २०८१
Thursday, September 19, 2024

काठमाडौँ – निवर्तमान प्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी प्रतिपक्षमा रहेर जिम्मेवार रुपमा प्रस्तुत हुने बताउनुभएको छ ।

व्यवस्थापिका–संसद्को बैठकमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री पदमा निर्वाचित भएपछि बाहिरिने क्रममा पत्रकारद्वारा ‘अब एमाले कुन रुपमा प्रस्तुत हुन्छ’ भनी सोधिएको प्रश्नमा उहाँको सङ्क्षिप्त जवाफ थियो, “जिम्मेवार रुपमा प्रस्तुत हुन्छ ।”

ओली सरकार सफल : थापा

यसैगरी पत्रकारसँग कुरा गर्दै निवर्तमान उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले ओली नेतृत्वको सरकार सफल रहेको दावी गर्नुभयो र कठिन र चुनौतीपूर्ण घडीमा निर्वाचित हुनुभएकामा दाहाललाई बधाई दिनुभयो ।

संयुक्त मधेसी मोर्चासँग संविधान संशोधनका विषयमा सहमति भएको प्रसङ्गमाथि टिप्पणी गर्दै उहाँले आफ्नो दलको पनि संविधानमा असहमति रहे पनि बहुमतले पारित गरेपछि मानेर अघि बढेको स्पष्ट गर्नुभयो । मधेस आन्दोलनका क्रममा मृतकलाई सहिद घोषणालगायतका विषय यसअघिको सरकारले पनि टुङ्गो लगाउन खोजेको पनि उहाँले उल्लेख गर्नुभयो ।

तपाईको प्रतिक्रिया