Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काठमाडौं – सामाजिक अभियन्ता महावीर पुनले आफ्नो नाममा रहेको २८ रोपनी जग्गा राष्ट्रिय आविष्कार केन्द्रलाई प्रदान गर्ने घोषणा गर्नुभएको छ । तत्कालिन अर्थमन्त्री रामशरण महत र अहिलेका अर्थमन्त्री विष्णु पौडेललाई बारम्बार सहयोगका लागि आग्रह गर्दा पनि आविष्कार केन्द्रलाई सहयोग नगरेकाले आफ्नो जग्गा दान गर्ने घोषणा गरेको पुनले बताउनुभएको छ ।

mahabir

अर्थमन्त्री तथा अर्थमन्त्रालयका सचिव तथा सहसचिवहरुले जग्गा बेच्नु पर्दैन भन्ने गरेको भएपनि अहिलेसम्म सहयोग नगरेकाले आफूले कास्कीको बेगनास तालको उत्तरपट्टीको ठूलाकोट डाँडामा रहेको तीन करोड रुपैयाँ पर्ने २८ रोपनी जग्गा केन्द्रलाई दिने निर्णय गरेको पुनले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिनुभएको छ ।

अमेरिकाको मेरिल्याण्डका बन्बरे, पर्वतका पदम पुन तथा आफ्ना नाममा रहेको जग्गा दान गर्ने निर्णय गरेको उहाँको भनाई छ । अब आफ्नो बाँकी जीवन नेपालको विकासका लागि समर्पित गनेए उहाँले स्पष्ट पार्नुभएको छ ।

तपाईको प्रतिक्रिया