Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काठमाडौं – घरवहाल सरोकार महासंघ नेपालले घरवहालसम्बन्धी राष्ट्रिय ऐन जारी गर्नुपर्ने माग गरेको छ ।आईतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै महासंघले घरधनी तथा वहालवालाहरुको सूरक्षाको लागि पनि सरकारले राष्ट्रिय ऐन यथाशिघ्र जारी गर्नुपर्ने माग गरेको हो ।

hahahaha

पत्रकार सम्मेलनमा बोल्दै महासंघका अध्यक्ष शंकर कोइरालाले भन्नुभयो, ‘बहाल क्षेत्रमा देखिएका विविध समस्याहरुलाई न्युनीकरण तथा समाधान गर्नुपर्छ, यसको लागि सरकारले विशेष पहल गरोस, हामी चाहन्छौं घरवहाल ऐन जारी भयो भने यसले दुवै पक्षलाई हित गर्छ र सूरक्षाको प्रत्याभूति हुन्छ ।’

त्यस्तै कोइरालाले घरवहाल क्षेत्रलाई व्यवस्थित् गर्नका लागि सरकारद्धारा कानुनी दायरमा राखि घरबहाल क्षेत्रलाई दर्ता गरि घरवहाल कर घरधनीद्धारा राज्यलाई बुझाउनुपर्ने नीतिलाई अगाडि सार्न माग गर्नुभयो । उहाँले हालै २०७३ असार ७ गते घरवहाल सरोकार महासंघ गठन भएको र देशव्यापी रुपमा संगठन विस्तार गर्ने समेत जानकारी दिनुभयो ।

महासंघले सरकारले जारी गर्ने ऐनमा श्रमिकको सरकारबाट निर्धारण निश्चित आयआर्जका आधारमा घर वा कोठाको अवस्थालाई हेर भाडा दर निश्चित गरिनुपर्ने, तलव वा पारिश्रमिकको वृद्धि व्यवसायिक सफलता वा असफलताको आधारमा मात्र भाडादर वृद्धि गरिनुपर्ने, कोठा तथा घर धनीबाट हुने मनोमानी भाडा बृद्धिलाई तुरुन्त रोकिनुपर्ने, लगायतका २६ बुँदे सुझावहरु अघि सारेको छ ।

तपाईको प्रतिक्रिया