Deneme Bonusu Veren Siteler
बिहिबार, पौष ११, २०८१
Thursday, December 26, 2024

Aटोकियो – पोखरेली दिदीबहिनी समुह जापानको आन्तरिक विवाद सल्टिएको छ ।

सो संस्थाको संस्थापन पक्ष र बिद्रोही पक्ष बिच केही समययता उत्पन्न आन्तरिक विवाद सल्टाउन शनिवार राति भएको वार्ताद्वारा विवाद सल्टिएको हो ।

दुबै पक्षबाट हालसम्म जान अनजानमा भएका गल्ती, कमी, कमजोरीप्रति सामुहिकरुपमा आत्मालोचना गर्दै अबउप्रान्त यसप्रकारका गल्ती नदोहोरयाउने प्रतिबद्धता सहित आपसी समझदारी, सहकार्य र समन्वय गरी अगाडि बढ्ने सहमति भएपछि विवाद सुल्झिएको हो ।

सो संस्थाकी अध्यक्ष प्रेमिला गौचन र महासचिव अञ्जु भण्डारीले संयुक्तरुपमा बिज्ञप्ती जारी गर्दै पोखरेली दिदीबहिनी समुहमा अब कुनै विवाद बाँकी नरहेको र नयाँ ढंगले मिलेर अगाडि बढ्ने गरी ५ बुँदे सहमति कायम गरिएको जनाईएको छ ।

बिज्ञप्तीअनुसार एक अर्काप्रति आरोप प्रत्यारोपमा उत्रेर मिडियाबाजी नगरिने, संस्थालाई संस्थागतरुपमा नयाँ ढंगले अगाडि बढाउन र अस्पष्ट भएका कुराहरुलाई मिलाउन आगामी २ महिना भित्र अधिवेशन गरिने, अधिवेशन आयोजना गर्नका लागि मौजुदा कार्यसमितिलाई अधिवेशन आयोजक समितिमा रुपान्तरण गर्ने, हालका अध्यक्ष प्रेमिला गौचनको संयोजकत्वमा सबैजना सदस्य रहने गरी अधिवेशन मुल आयोजक समिति रहने र उक्त आयोजक समितिले संस्थाको नामाकरण लोगो, छाप, उद्देश्य र कार्यक्षेत्र लगायतका बिषयमा आवश्यकताअनुसार पुनर्बिचार गर्ने गरी बिधान निर्माण गर्ने, अधिवेशनबाट बिधिवतरुपमा नयाँ कार्यसमिति गठन गर्ने र नीति तथा कार्यक्रमसहितको आगामी कार्ययोजना तय गर्ने सहमति भएको छ ।

सहमतिअनुसार पोखरेली दिदीबहिनी समुहको प्रथम अधिवेशन आगामी सेप्टेम्बर २५ तारिख आइतवारका दिन टोकियोमा गर्ने गरी तैयारीलाई अगाडि बढाउन विभिन्न उपसमिति गठन गरी कार्यबिभाजन समेत गरिएको छ । जसअनुसार प्रेमिला गौचनको संयोजकत्वमा बिधान तयारी उपसमिति, भीमकुमारी गुरुङको संयोजकत्वमा संगठन बिभाग उपसमिति, अञ्जु भण्डारीको संयोजकत्वमा ब्यवस्थापन उपसमिति, एनि शेरचनको संयोजकत्वमा आर्थिक उपसमिति र बिनु गुरुङको संयोजकत्वमा प्रचारप्रसार तथा पत्राचार उपसमिति गठन गरिएको छ । E

केही हप्ता यता पोखरेली दिदीबहिनी समुहको आन्तरिक विवाद चर्केर उत्कर्षमा पुगेपछि दुबै पक्ष सामाजिक सञ्जालभरि अशोभनिय ढंगले प्रस्तुत हुन थालेपछि यसले जापानको नेपाली समुदायमा पार्न सक्ने नकरात्मक असरलाई ध्यानमा राख्दै विवाद सल्टाउन नेपाल पत्रकार महासंघ जापानले मध्यस्थकर्ताको भूमिका निर्बाह गरेको हो ।

विवाद सल्टाउन भएको वार्तामा सरोकारवाला पोखरेली दिदीबहिनी समुहकी अध्यक्ष प्रेमिला गौचन, उपाध्यक्ष भीमकुमारी गुरुङ, महासचिव अञ्जु भण्डारी, सचिव बिनु गुरुङ र कोषाध्यक्ष एनि शेरचनको सहभागिता रहेको थियो भने मध्यस्थकर्ताको भूमिकामा नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष तिलक मल्ल, महासंघकै सदस्यद्वय मोहन घले र पूर्ण चलाउने, कास्की पोखरा समाज जापानका अध्यक्ष शिवप्रसाद पौड्याल रहनुभएको थियो ।

सौहार्द्रपूर्ण वातावरणमा भएको वार्ताद्वारा तयार पारिएको ५ बुँदै सहमतिपत्रमा दुवै पक्षले हस्ताक्षर गरेपछि एकअर्कामा आदानप्रदान गरिएको थियो ।***

तपाईको प्रतिक्रिया