Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब बन्ने सरकारले संविधान कार्यान्वयन, राजनीतिक स्थीरता एवं शान्ति, पुनर्निमाण र विकासका कामहरुलाई तीव्रताका साथ आगाडी बढाउने प्रतिबद्धता जनाउनुभएको छ । Prachand-and-Chinese-Ambassador

नेपालका लागि चिनियाँ राजदूत वु चुन्ताईसँग शुक्रवार बिहान भेटघाटमा प्रचण्डले यस्तो बताउनुभएको हो । दाहाल निवास लाजिम्पाटमा भएको भेटमा दाहालले अहिलेको राजनीतिक घट्नाक्रमबारे प्रष्ट्याउँदै अब केही दिनभित्र आफ्नो नेतृत्वमा नयाँ सरकार निर्माण हुने विश्वास पनि व्यक्त गर्नुभयो ।

दाहालले पछिल्लो चरणमा आफ्नो पार्टी समेत संलग्न रहेको सरकारले चिनियाँ सरकारसँग गरेका सन्धी, सम्झौता र समझदारी आफू गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री हुँदै भएका सहमतिकै परिणाम भएको पनि बताउनुभयो ।

भेटका राजदूत चुन्ताईले नेपालको विकासको निम्ति चिनियाँ सरकारले दाहालको नेतृत्वमा बन्ने सरकारलाई भरमजदुर साथ, सहयोग र समर्थन रहने बताउनुभएको थियो  ।

तपाईको प्रतिक्रिया