Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

धनकुटा – धनकुटाको सिधुवामा बिहीबार भएको यात्रु बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या १५ पुगेको छ । विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचारत धरान–१७ का चेतबहादुर मगरको गएराति मृत्यु भएसँगै मृतकको संख्या १५ पुगेको हो ।1469698217594_VK_Dhanakuta_160728_86166493_n

संखुवासभाको मुढेसनिश्चरेबाट धरान जाँदै गरेको बा २ ख ७३६६ नं बस ब्रेक फेल भएर सिधुवामा दुर्घटना हुँदा पूर्वअर्थ राज्यमन्त्री हरिराज खेवासहित सात जनाको घटनास्थलमै मृत्यु भएको थियो भने आठ जनाको उपचारका क्रममा मृत्यु भएको हो ।

घटनास्थलमै मृत्यु भएका एक र उपचारका क्रममा मृत्यु भएका एक गरी दुई पुरुषको सनाखत हुन बाँकी छ । दुर्घटनामा घाइते भएका २९ जनाको धरान र पाँच जनाको विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया