Deneme Bonusu Veren Siteler
शुक्रबार, पौष १२, २०८१
Friday, December 27, 2024

Satoshiटोकियो – मंगलबार राती कानागावा केनको सागामीहारा स्थित अपांगहरुको एक आवासगृहमा प्रबेश गरी १९ जना अपांगहरुको हत्या गर्ने अपराधीले सो योजना बारे संसदमा अग्रिम जानकारी गराएरै गरेको रहस्य खुलेको छ ।
४ सय ७० जना अपांगहरुको हत्या गर्ने आफ्नो योजना बारेको एक पत्र मार्फत गत फेब्रुअरी महिनामै संसद कार्यालयलाई हत्याराले जानाकारी गराएको खुलासा भएको छ ।

उनले गत फेब्रुअरी महिनामा सो पत्र लिई जापानको माथिल्लो सदनमा जान लागेको तर सुरक्षा गार्डले जान नदिए पछि उक्त पत्र सोही गार्डलाई दिएर फर्किएको अनुसन्धानको क्रममा थाहा लागेको छ ।

सातोसी उएमाचु नाम गरेका ती ब्यक्तिले मंगलबार राती अपांगहरुको आश्रयस्थलमा प्रबेश गरी अन्धाधुन्ध रुपमा चक्कु लगायतका धारिलो हतियार प्रयोग गरी १९ जनाको हत्या गरेका थिए भने २६ जना गम्भीर घाईते बनाएका थिए । उनी २ बर्ष अघिसम्म सोही स्थानमा काम गर्ने कर्मचारी थिए । प्रहरीको अनुसन्धानबाट पत्ता लागेअनुसार उनले मानसिक रुपमा अपांग भएका मानिसहरुलाई पालेर केहि फाइदा नहुने बताउँदै सो घटना आफुले घटाएको स्वीकार गरेका छन् । रातीको करिब १ बजेतिर आ नै गाडिमा घटनास्थलको नजिकसम्म गई त्यसपश्चात केहि हिडेर घटनास्थल गएको र करिब १ घण्टा पश्चात फर्केर सोही गाडीबाट भागेको नजिकैको सिसि क्यामेरामा देखिएको समाचारमा उल्लेख छ । सो घटना घटाएपछि उनले बिश्व शान्तीको कामना गरेको र ब्युटिफुल जापान भनेर आफ्नो ट्वीटरमा लेखेका थिए । केही समय पछि उनी आफै प्रहरीकोमा गएका थिए ।

गत फेब्रुअरीमा संसद भवनमा त्यस प्रकारको पत्र छोडेर आएपछि उनलाई प्रहरीले गिरफ्तार गरी मानसिक उपचारका लागि अस्पताल पुर्‍याएको थियो । केहि महिनाको उपचार पश्चात साधारण अवस्थामा फर्किएको भन्दै उनलाई छोडिएको थियो । उनी सो घटनास्थल नजिकैको घरमा एक्लै बस्दै आएको पनि समाचारमा जनाईएको छ ।

पछिल्ला दिनहरुमा जापानमा बिना कारण यस किसिमको अन्धाधुन्ध मानिसको हत्या गर्ने खालका घटनाहरु बढ्दै गएको छ । केहि महिना अघि पनि बृद्धाश्रममा काम गर्ने कर्मचारीले २ जना बृद्धाहरुलाई बरण्डाबाट फालेर हत्या गरेको समाचार आएको थियो । जापानीहरुमा बढ्दै गएको मानसिक दवाब तथा एक्लोपनका कारण यस खालका अस्वभाविक घटनाहरु बढ्ने गरेको बताईन्छ । ***

तपाईको प्रतिक्रिया