Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काठमाडौँ – परराष्ट्र मन्त्रालयको कन्सुलर विभागमा असारमा मात्र २३ लास विदेशबाट मगाइदिन निवेदन परेको छ । तीमध्ये सबैभन्दा बढी साउदी अरेबियाको रियादबाट ११ लास ल्याइदिन आफन्तले निवेदन दिएका आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

‘निवेदन पर्नासाथ सम्बन्धित मुलुकका हाम्रा दूतावासमा स्क्यानिङ गरेर पठाइदिन्छौँ, त्यहाँबाटै सबै प्रक्रिया अघि बढ्छ,’ विभागका महानिर्देशक गणेश ढकालले भन्नुभयो । उहाँका अनुसार मृतकको विस्तृत विवरणका आधारमा नियोगले सम्बन्धित कम्पनी वा मृतकको ठेगानामा सम्पर्क गरेर शव ल्याउने प्रक्रिया सुरु गर्छ ।

असारमा मात्रै २३ शव ल्याउन निवेदन

परराष्ट्र मन्त्रालयको कन्सुलर विभागका अनुसार असारमा २३ शव ल्याइदिन निवेदन परेको छ । रियादबाट ११, मलेसियाबाट पाँच, दक्षिण कोरिया, कतार र अबुधाबीबाट दुई–दुई र कुवेतबाट एउटा शव ल्याइदिन निवेदन परेको हो । विभागले सम्बन्धित मुलुकका दूतावाससँग समन्वय गर्छ। विभागका महानिर्देशक गणेश ढकालले भन्नुभयो,‘हामीले सहजीकरण गरिदिने हो । जीवित वा मृतक नआउन्जेलसम्म सम्बन्धित परिवारका सदस्यहरू आउनुहुन्छ, काम भइसकेपछि आउनुहुन्न।’ कतिपयको मृत्युबारे ढिलो थाहा हुन्छ ।Death-body-1024x683

६६ जना अलपत्र

खाडी मुलुकमा अलपत्र परेका ६६ नेपालीलाई उद्धार गरिदिन विभागमा निवेदन परेको छ । उनीहरूलाई ल्याउन विभागमार्फत सम्बन्धित दूतावासमा निवेदनसमेत पुगेको छ । सहज अवस्थामा रहेकालाई ल्याउन धेरै गाह्रो नभएको विभागले जनाएको छ ।

शव ल्याउन पाँच लाख

मध्यपूर्वबाट नेपालीको शव ल्याउन कम्तीमा पाँच लाख रुपैयाँ लाग्छ । कानुनी रूपमा गएकाहरूको हकमा सम्बन्धित कम्पनीले नै खर्च व्यहोर्छ। गैरकानुनी रूपमा जानेले भने शव आफैँ ल्याउनुपर्ने हुन्छ । यसका लागि वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले सहयोग गर्छ । ‘एयर कार्गोबाट शव ल्याउनुपर्छ, जीवित मानिसभन्दा पाँच गुनाभन्दा बढी पैसा शव ल्याउन लाग्छ,’ विभागका एक अधिकारीले भन्नुभयो ।

तपाईको प्रतिक्रिया