Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

सप्तरी – सप्तरीको तिलाठीमा भारतले दशगजा क्षेत्र भित्र एकतर्फी रुपमा बाँध बनाएपछि नेपालीहरुले भत्काउँदा दुई पक्षबीच झडप भएको छ ।
दशगजा क्षेत्रका नेपालीपक्षसँग समन्वय नै नगरी खाँडो नदीमा बाँध बनाउन थालेपछि स्थानीयले प्रतिकार गरेका थिए । नेपाली र भारतीय पक्षबीच झडप भएपछि स्थिति नियन्त्रणमा लिन दुबैतर्फका सुरक्षाकर्मी तैनाथ गरिएको छ ।
गत शनिबारदेखि भारतीय पक्षले एकतर्फी बाँध निर्माण गरेको थियो । भारतले नेपाल(भारत सीमा स्तम्भलाई आफ्नो भूमिभित्र पारेर बाँस तथा बोरामा भरिएका गिट्टी प्रयोग गरी बाँध बाँधेको छ । बाँधका कारण तिलाठी, रम्पुरा मल्हनिया, सकरपुरा, विषरिहया, कोइलाडी, बरसाइन, हनुमाननगर लगायतका गाविस डुबानमा पर्ने भएपछि स्थानीय आक्रोशित बनेका थिए ।

तपाईको प्रतिक्रिया