Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०१, २०८१
Tuesday, September 17, 2024

काठमाडौं – नेपाल खेलकुद पत्रकार मञ्चले बिहीबार विभिन्न विधाका खेलाडीलाई ‘पल्सर स्पोर्ट्स अवार्ड २०७२’ प्रदान गर्दै छ । भूकम्प र भारतको नाकाबन्दीका कारण २०७१ सालको संस्करण भने आयोजना हुन सकेको थिएन ।

khel 123

खेलाडी र खेलकर्मीका लागि पल्सर स्पोर्ट्स अवार्ड नेपाली खेल क्षेत्रकै सबभन्दा प्रतिष्ठित सम्मानको रुपमा स्थापित छ । पहिलोपल्ट २०५३ सालमा आयोजना गरिएको यस अवार्ड २०६० सालदेखि निरन्तर हुँदै आएको छ । आठ वटा विधामा उत्कृष्ट खेलाडी र खेल क्षेत्रका व्यक्तिलाई अवार्ड प्रदान गरिन्छ ।

वर्षका उत्कृष्ट पुरुष, महिला र युवा खेलाडी तथा प्रशिक्षक र पिपुल्स च्वाइस विधामा ५ ५ जनाको मनोनयन यसअघि नै सार्वजनिक भइसकेको छ । पारा एथलिट अवार्ड, स्पेसल अवार्ड र लाइफटाइम एचिभमेन्ट अवार्ड भने बिहीबार नै प्रदान गरिने मञ्चले जनाएको छ ।

मनोनयनमा परेका यी खेलाडीबाट कसले पाउला अवार्ड ?

वर्षका उत्कृष्ट पुरुष खेलाडी

  • नवयुग श्रेष्ठ (फुटबल)
  • विकास थापा (भारोत्तोलन)
  • राजेश चौधरी (उसु)
  • वीरबहादुर महरा (तेक्वान्दो)
  • विकेश कुथु (फुटबल)

वर्षका उत्कृष्ट महिला खेलाडी

  • फुपू ल्हामु खत्री (जुडो)
  • नीमा घर्तीमगर (उसु)
  • गौरिका सिंह (पौडी)
  • रोजा केसी (ट्रायथलन)
  • रेजिना कार्की (तेक्वान्दो)

वर्षका उत्कृष्ट युवा खेलाडी

  • नीमा घर्तीमगर (उसु)
  • गौरिका सिंह (पौडी)
  • सन्दीप लामिछाने (क्रिकेट)
  • मनीता श्रेष्ठ प्रधान (जुडो)
  • अन्जन विष्ट (फुटबल)

वर्षका उत्कृष्ट प्रशिक्षक

  • बालगोपाल महर्जन (फुटबल)
  • प्रकाश महर्जन (उसु)
  • दलबहादुर गुरुङ (जुडो)
  • राजुकाजी शाक्य (फुटबल)
  • जगत टमाटा (क्रिकेट)

पिपुल्स च्वाइस

  • नवयुग श्रेष्ठ (फुटबल)
  • नविता श्रेष्ठ (टेबलटेनिस)
  • प्रतीभा माली (भलिबल)
  • सन्दीप लामिछाने (क्रिकेट)
  • तारादेवी पुन (भारोत्तोलन)
तपाईको प्रतिक्रिया